ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री बाँस्कोटाद्वारा सगरमाथा आरोही महिलालाई अभिनन्दन


bhawani desk

काठमाडौं , ३० साउन । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले तीन जना सगरमाथा आरोही महिलालाई अभिनन्दन गरेको छ ।

प्रतिष्ठानले आज यहाँ आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ती आरोही महिलालाई अभिनन्दन गर्नुभयो ।

पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २५ औँ वर्षगाँठको अवसर पारेर खुम्बु पासाङ ल्हामु गाउँपालिका निवासी लाक्पा याङ्दी शेर्पा, पासाङ ल्हामु शेर्पा र याङ्दी शेर्पाले गत जेठ २ गते पासाङ ल्हामु र जननेता मदन भण्डारीको तस्वीरसहित सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री बाँस्कोटाले राष्ट्रिय विभूति पासाङ ल्हामु र जननेता मदन भण्डारीको तस्वीर लिएर सगरमाथाको सफल आरोहण गरेकामा बधाई दिँदै आरोही टोलीलाई सरकारको तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको इतिहासमा नेपाली समस्त नारीहरुको तर्फबाट साहसिक यात्रा गर्नुहुने र यात्राकै शिलशिलामा आफ्नो जीवन समाप्त पार्नुहुने पासाङ ल्हामु शेर्पा र नेपालको लोकतान्त्रिक, राष्ट्रवादी र सामाजिक न्यायपूर्ण आन्दोलनको धरोहरका रुपमा रहनुभएका जननेता मदन भण्डारीको भूमिका, योगदान र पथप्रदर्शनलाई समेत स्मरण गर्ने, जीवन्त राख्ने र भावी पुस्ताले पनि त्यस वीरतापूर्ण इतिहासबाट केही सिकोस् भन्ने सन्देश दिन विश्वको सबैभन्दा अग्लो ठाउँबाट दिनुभएको सन्देश आफैमा अर्थपूर्ण र महत्वपूर्ण छ ।”

बेग्लै मानक स्थापित गर्ने उद्देश्यले पासाङ ल्हामु र जननेता भण्डारीलाई सम्झेर उहाँहरुको तस्वीरसहित सगरमाथा आरोहण गर्नु बेग्लै चेतना र सन्देश भएको उहाँको भनाइ थियो ।

प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री कृपाशूर शेर्पाले संविधानले कुनै पनि नेपाली नागरिकलाई जुनसुकै स्थानमा आवातजावतमा रोक नलगाइने व्यवस्था गरेको भए पनि सगरमाथा आरोहणमा नेपालीलाई सलामी लगाइनु संविधानको मर्म विपरीत भएको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालको ब्यूरोक्रेसीलाई हामीले नै लोभी बनाएका छौँ – शंकर पोखरेल

प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्नेमा जोड

१४ महिनापछि देउवाजीलाई ‘लौ प्रधानमन्त्री’ भन्दै किस्तीमा राखेर पद हस्तान्तरण गर्छु – प्रधानमन्त्री ओली

कांग्रेस सांसद बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बन हुने प्रतिनिधिसभा सदस्य ३ पुगे, एक फरार

अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ – सञ्चारमन्त्री गुरुङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com