चितवन ,३० साउन । नेपालमा खेलकुदको धेरै सम्भावना रहेको भन्दै खेलकुदको माध्यमबाट समेत विदेशी पर्यटक नेपाल भित्र्याउन सकिने प्रदेश नम्बर ३ का ले बताए ।
चितवनको सौराहामा भएको अखिल नेपाल फुटबल संघको १७ औँ बिशेष अधिवेशनमा संम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले नेपालमा खेल पर्यटनको धेरै सम्भावना रहेको तर अहिलेसम्म त्यसतर्फ कसैले ध्यान नदिएको भन्दै अब खेलकुदको माध्यमबाट पर्यटक भित्र्उनुपर्ने बताए ।
केन्द्र सरकारले अहिलेसम्म खेलकुदको माध्यमबाट पर्यटक भित्र्याउने बिषयमा नसोचेको भन्दै अब त्यसतर्फ केन्द्र सरकार , प्रदेश सरकार सबै लाग्नुपर्नेमा जोड दिए । उनले अन्तराष्ट्रिय खेलहरु नेपालमा खेलाएर पर्यटक ल्याउन सकिने बताए ।
मुख्यमन्त्री पौडेलले भाषणले मात्रै खेलकुदको बिकास नहुने भन्दै काम गर्नुपर्ने र भाषण एकातिर काम अर्कोतिर गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।
२०७२ सालमा क्षति भएको दशरथा रंगशाला अहिले बल्ल मर्मत हुन लागेको भन्दै मुख्यमन्त्री पौडेलले यसअघिका सरकारहरुले खेलकुदलाई प्राथमिकता नदिएको आरोप लगाए । उनले अब प्रत्येक प्रदेशमा अन्तराष्ट्रिय स्तरको खेलकुद मैदान बनाइने र प्रत्येक तिन तिन बर्षमा प्रदेशस्तिरिय खेल समेत हुने दावी गरे ।
एन्फको निर्वाचन भएको ६ महिनाभित्र बिशेष साधारणसभा गर्नुपर्ने विधान अनुरुप एन्फाको बिशेष साधारणसभाले भएको हो । बिशेष साधारणसभामा आर्थिक , कार्यसम्पादन तथा प्रशासनिक नियमावली संशोधन गर्ने र पाँस हुने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्