रुपन्देही , २८ साउन । यातायात व्यवस्था कार्यालय बुटवलमा एकजना सरकारी कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले यातायात व्यवस्था कार्यालय बुटवलका मेकानिकल इञ्जिनियर सरोजकुमार शाहलाई २० हजार नगदसहित आज पक्राउ गरेको हो ।
नयाँ सवारी साधन दर्ताको लागि इञ्जिनियर साहले २० हजार घुस मागेको थाहा पाएपछि पुगेको अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । पक्राउ गरेका साहमाथि अनुसन्धान थालिएको अख्तियार बुटवलका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्