काठमाडौं , २८ साउन। घरभेटीले विनाकारण डेरावाल (बहालवाला)लाई हटाउन नपाउने भएका छन्। भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता)ऐन २०७४ ले घरधनी र बहालवालाको विषयलाई समेत समेटेको छ।
घरधनीले आफैंलाई आवश्यक भनेर बहालवालालाई निकालेमा ३ महिनासम्म अर्कोलाई बहालमा दिन नपाउने व्यवस्था गरिएको छ। फेरि बहालमा लगाउँदा पनि पहिलेकैले लिन चाहेमा प्राथमिकता पाउने भनिएको छ।
ऐन अनुसार घरधनी आफैंलाई आवश्यक परेको खण्डमा पनि कम्तीमा ३५ दिनअघि नै बहालवालालाई लिखित जानकारी गराउनुपर्नेछ।
धेरै घरधनीले आफ्ना लागि आवश्यक भएको भन्दै बहालवालाई घर वा कोठा खाली गर्न लगाउने र तुरुन्तै अर्कोलाई भाडा रकम बढाएर दिने गरेका छन्। मुलुकी ऐनले घरधनीको यो मनोमानीमाथि अंकुश लगाउने भएको हो।
आफैंलाई आवश्यक रहेको भन्दै बहालवालाई हटाएकोमा त्यस्तो घर ३ महिनासम्म आफूले प्रयोग नगरी अन्य व्यक्तिलाई बहालमा दिने पाउनेछैन। बहालमा दिने भएमा पहिले बहालमा रहेको व्यक्तिले लिन चाहेमा प्राथमिकता पाउने ऐनमा भनिएको छ।
बहालमा लिएको व्यक्तिले उक्त घरभित्र कानुनले निषेध गरेको कसुरजन्य क्रियाकलाप गरेमा, घरधनीले आफैंलाई आवश्यक भनेर बहालवालालाई निकालेमा ३ महिनासम्म अर्कोलाई बहालमा दिन नपाउने व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस्