काठमाडौं,२८ साउन । सरकारले विभिन्न ४ वटा विधेयक राष्ट्रियसभामा पेश गरेको छ ।राष्ट्रियसभाको सोमबार बसेको पहिलो बैठकमा सरकारका तर्फबाट सम्बन्धीत मन्त्रीहरुले विधेयकलाई बैठकमा पेश गरेका हुन् ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ लाई बैठक समक्ष पेश गर्नुभएको हो ।
त्यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अपाङता भएका व्यक्तिको अधिकार सम्बन्धी पहिलो संसोधन विधेयक २०७५लाई बैठक समक्ष पेश गर्नुभयो ।
बन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले बातावरण संरक्षण पहिलो संशोधन विधेयक २०७५ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ पेश गर्नुभएको हो ।
माथिका सबै विधेयकमाथि कुनै पनि विरोधको सुचना परेका थिएनन् । १० मिनेट पछि अर्को बैठक बस्ने गरि बैठक स्थागित भएको छ ।
प्रतिक्रिया दिनुहोस्