
बुटवल, २७ साउन । सडकमा अव्यवस्थित तरिकाले बस रोक्ने कार्यलाई निरुत्साहीत गर्न प्रहरीले बुटवल क्षेत्रका विभिन्न स्थानमा बस स्टेशन बोर्ड आईतबार आफै गाडेको छ ।
ट्राफिक प्रहरीको टोलीले आफै सडक किनारमा खाल्टो खनेर सडक किनारमा बस रोक्ने (बस बिसाउने) स्थानलाई देखाउन बस स्टेशन बोर्ड आफै गाडेका हो । ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ५ को कार्यालयको ट्रफिक टिमनै खटिएर बुटवलको गोलपार्कदेखि राजमार्ग चौराहा, पुस्पलाल पार्क देखि नेपालगञ्जरोड (तिनाउ पुल) सम्मको विभिन्न बस रोक्ने स्थानमा बस स्टेशन बोर्ड गाडेका हुन् ।

बुटवलका विभिन्न स्थानका बस रोक्ने स्थानमा २९ थान बस स्टेशन बोर्ड गाडिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो । उहाँले बुटवल क्षेत्रमा चल्ने माईक्रो बस तथा अन्य बसहरु जथाभावि रोक्दा ट्राफिक ब्यवस्थापनमा समस्या आउने र सडक दुर्घटना घट्ने भएकाले बाध्य भएर सडक किनारमा सडक स्टेशन बोर्ड राखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘‘अब यात्रुलाई जहाँ पायो त्यहि बस रोकेर ओराल्ने र चढाउने गर्न पाईदैन, बस बिसौनी बाहेक अन्यत्र स्थानमा रोकेर यात्रु बोक्ने र ओराल्ने गरे कडाभन्दा कडा का कारर्वाही गर्ने छौं ।’’
उहाँले बुटवलका सडकमा लेन छुट्टाउने, सडकमा जथाभावि रोक्नेलाई सिक्रि बाधेर कार्वाही गर्ने र मापसे चेकिङ्गलाई समेत प्रहरीले कडाई गरेको जानकारी दिनुभयो । उहाँले ट्राफिक ब्यवस्थापनलाई चुस्त दुरुस्त राख्नका लागि कुनै पनि कसर नछोड्ने चेतावनी दिने भयो ।
हाम्रो काम नै ट्राफिक ब्यवस्थापन गरेर सवारि आवागमनलाई सजिलो बनाउनु हो, कसैले ट्राफिक नियमको उलंघन गर्छ भने हामीले ट्राफिक नियम अनुसार कार्वाही गर्दछौ, त्यो हाम्रो अधिकारमै पर्छ–उहाँको भनाई थियो ।
केही समय अघिमात्र बुटवल कार्यालयमा सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक चन्दले बस बिसौनी बोर्ड विभिन्न ब्यक्ति संघ संस्थाको सहयोगमा राख्न सफल भएको बताउदै अन्य गतिविधिलाई पनि सहयोगकै आधारमा अगाडि बढाउने जिकिर गर्नुभयो ।



















प्रतिक्रिया दिनुहोस्