
काठमाडौं,२७ साउन । नेपालीको मुख्य श्रम गन्तव्य मध्येको एक मलेसियाले विदेश कामदार भर्तीका लागि नयाँ नीति ल्याउने भएको छ ।
विदेशी कामदारको भर्तीलाई लिएर अहिलेको नीतिले मध्यस्तताका बारेमा समस्या आएको भन्दै मलेसियाले नयाँ नीति ल्याउन लागेको हो । मलेसियाका मानव शंसाधन
मन्त्री एम कुलासेगरनले अहिलेको समस्या समाधान गर्दै कामदार भर्तीलाई व्यवस्थित गर्न नयाँ नीति ल्याउन लागेको बताएका छन ।
उनले मंगलबार प्रधानमन्त्री महाथिर मोहम्मदसँग छलफल गर्ने र नीति सार्वजनिक गर्ने बताए। नयाँ नीतिमा स्वदेशी कामदारलाई प्राथमिकता दिइन लागेको कुलासेगरनको भनाईबाट प्रष्ट हुन्छ ।
उनले भने , उदाहरणका लागि, यदि एक कम्पनीसँग एक सय जना कर्मचारी आवश्यकता प¥यो भने १५ जना मात्रै विदेश कामदार राख्न पाइनेछ, बाँकी स्थानीय श्रमिक नै हुनुपर्छ ।’ तर उनले यो आफ्नो प्रस्ताव भएको भन्दै प्रधानमन्त्रीसहित सबै पक्षसँग छलफलपछि निर्णय लिइने बताए ।



















प्रतिक्रिया दिनुहोस्