झापा,२७ साउन । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले करको दायरा मात्र बढाइएको तर कर नबढाएको दाबी गरेका छन् ।
सरकारले अत्यधिक कर थोपरेको भनेर उद्योगी व्यवसायीबाट विरोध भइरहेको बेला मन्त्री आङ्बोले कर बढाएको भन्ने भ्रममात्र भएको दावी गरे ।
२४ औं विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा नेपाल आदिवासि जनजाति महासंघ बेलबारीले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री आङ्बोले भने, ‘तीन तहको सरकारका कारण दोहोरो करको मार पर्यो भन्ने भ्रममा नपर्न र यस्तो भ्रम नछर्न अनुरोध गर्दछु ।’
करको दायरा मात्र बढाइएको बताउँदै उनले भने, ‘वर्षौंदेखि कर छली गर्दै आएकाहरुको हौवाका पछि नलाग्न अनुरोध गर्दछु ।
उनले पहिचानलाई सम्बोधन गरेमात्र प्रदेशको विकास र समृद्धि लागि सहज हुने धारणा समेत राखे ।
’देशलाई साम्प्रदायिक झमेलामा फसाउने असफल प्रयासहरु भइरहेको भन्दै उनले सचेत रहन सबैलाई अनुरोध पनि गरेकाछन ।
प्रतिक्रिया दिनुहोस्