काठमाडौं,२६ साउन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जनताको माझमा जाने सरकार भनेको स्थानीय सरकार नै भएको बताउनुभएको छ ।
राष्ट्रिय जनजाती महिला संगठनले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाले शसक्त र जनताको बिचमा जाने स्थानीय सरकारलाई बिकासको आधारबिन्दु बनाएर अघि बढिरहेको जानकारी दिनुभयो ।
उहाले स्थानीय तहमा रहने प्रतिनिधी बिभिन्न जातजातीको रहेको भन्दै जनताको जनाप्रतिनिधीले जनताको समस्या बुझनुपर्ने बताउनुभयो । उहाले जनतालाई आवश्यक अधिकार प्रदान गर्न स्थानीय सरकारसंगको सम्वन्यमा बिभिन्न कार्यक्रमहरु तर्जुमा गर्नुपर्ने धारणा पनि राख्नुभयो ।
अझै पनि आदीवासी जनजातीको अधिकार पूर्ण हुन नसकेको भन्दै जनताको हक अधिकार र आर्थिक रुपान्तरणका लागी स्थानीय तहले समन्वय गर्नुपर्ने बताउनुभयो ।
उहाले सरकारको लक्ष्य समृद्धि र बिकास भएको भन्दै केन्द्रिय र स्थानीय प्रतिनिधीको सहकार्यबाट नै यो सम्भव हुने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्