ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आवासीय विद्यालय भएपछि गाउँमै फकिए विद्यार्थी


bhawani desk
श्रावण २५, २०७५ शुक्रबार  १२ : ०२ बजे

मनाङ, २५ साउन । गुणस्तरीय शिक्षाको खोजीमा जिल्ला बाहिर गएका विद्यार्थीलाई यहाँको आवासीय विद्यालयले फर्काउन सफल भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि आवासीय बनेपछि गाउँ छाडेर टाढा गएका विद्यार्थी फर्किएर भर्ना हुन थालेका हुन् ।

गुणस्तरीय शिक्षा आजको अवश्यकता महसुस गर्दै विद्यालय शिक्षालाई पहिलो प्राथामिकतामा राखेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । मनाङमा स्थानीय विद्यार्थीभन्दा बाहिरी विद्यार्थी बढी भएकाले आवासीय विद्यालयको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

भौगोलिक विकटताले बालबालिकाको पहुँचमा विद्यालय नहुनु र विद्यालय भएको ठाउँमा पनि बालबालिका नहुँदा केही विद्यालय बन्द हुने अवस्थामा पुगेकाले शिक्षामा सुधार ल्याउन आवासीय विद्यालय बनाइएको हो ।

गुणस्तरीय शिक्षाको अभबमा स्थानीयवासीका अधिकांश बच्चा जिल्ला बाहिर जाने र अन्यत्र जिल्लाबाट यहाँ काम गर्न आउने कामदारका बच्चाले विद्यालय धान्नुपरेको थियो । यसरी अस्थायी विद्यार्थीले विद्यालय सञ्चालन गर्दा विद्यालय नै चल्ने नचल्ने अन्योल रहेको अवस्थामा आवासीयको अवधारणाले महत्वपूर्ण भूमिका निर्वाह गरेको विद्यालयका प्रधानाध्यापक सुरेश थापाले बताउनुभयो ।

गत शैक्षिकशत्रमा जम्मा ६० विद्यार्थी रहेको यस विद्यालयमा आवासीय बनेपछि २५० जना पुगेको उहाँको भनाइ थियो । विद्यालयमा नै बसोबास र खानाखाजाको व्यवस्थासँगै शिक्षकको रेखदेखमा विद्यार्थी रहने हुँदा अभिभावक पनि खुशी भएका छन् । अभिभावक काइली गुरुङले भन्नुभयो, “छोराछेरीलाई घरमा आफूले पढाउनका लागि समय दिन नपाउने तर टाढा हुँदा बिगे्रलान की भन्ने चिन्ताका साथै भेट्न जान पनि गाह्रो हुन्थ्यो तर यहाँ भएपछि दैनिक भेटघाट गर्न सकिन्छ ।”

आवासीय विद्यालयसँगै मन्टेश्वरी कक्षा र अंग्रेजी माध्यमको पढाइले बाहिरी विद्यार्थीको समेत मन तानेको छ । हाल यस विद्यालयमा कक्षा नर्सरीदेखी १२ सम्म पढाइ हुँदै आएको छ । बाहिरीएका विद्यार्थीसँगै अन्य विद्यालयबाट भर्ना हुन आउने लहर नै चलेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

डिस्पोजेबल ओलिगार्कहरू: धनी सम्भ्रान्तहरू किन अधिनायकवादीसँगको सम्झौताप्रति पछुताउँछन्?

The Disposable Oligarchs

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

Pain: The Price of Being Human?

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com