चितवन,२५ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका छन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले ११ वर्षीय बालक निशान खड्काका अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका हुन् ।
उनले फेक इन्काउन्टर हल्ला मात्र भएको समेत बताएका छन् । फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘सरकारले आफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् ।’
गृहमन्त्री थापाले अपहरणकारीहरु प्रहरीको गोलीबाट मारिएकोमा सन्तोष प्रकट गर्दै २४ घण्टाभित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्