काठमाडौं,२४ साउन । विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी संयोजक रवीन्द्र मिश्रका पिता मनुजबाबु मिश्रको असामयिक निधनमा शोक प्रकट गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गरेको छ ।
पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले स्व. मनुजबाबु सम्झनामा एक मिनेट मौनधारणा गरी शोकप्रस्ताव पारित गरेको छ ।
वरिष्ठ चित्रकार एवं लेखक मिश्रको बुधबार बौद्ध महाङ्कालस्थित आफ्नै निवासमा ८२ वर्षको उमेरमा निधन भएको थियो ।
पार्टीद्वारा जारी विज्ञप्तिमा दृढ निश्चयी र स्वाभिमानी व्यक्तित्वका धनी मिश्रको निधनले नेपालको चित्रकारिता र लेखनको क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्