पोखरा,२४ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देव गुरुङले तमुवान मगरात प्रदेशको पक्षमा पोखरामा भइरहेको आन्दोलनमा आफ्नो एक्येवद्धता रहेको बताएका छन ।
आफु तत्कालिन माओवादी पार्टीमा लाग्दा देखीनै पहिचानको पक्षमा वकालत गर्दै अगाडी वढेको वताउदै पूर्व मन्त्री समेत रहेका गुरुङले तमुवान मगरात संघर्ष समितीको आन्दोलनमा आफ्नो एक्येवद्धता रहेको बताएका हुन ।
२४ औ विश्व आदिवासी दिवसको अवसरमा नेपाल जनजाति महासंघ कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले आदिवासी जनजातिको आन्दोलनलाई निस्तेज बनाउनका लागी विभिन्न षड्यन्त्रहरु भइरहेको भन्दै तमुवान मगरात संघर्ष समितीले सुरु गरेको आन्दोलनलाई नरोकीकन अगाडी वढ्न आग्रह समेत गरे ।
गुरुङले आफु जहिले पनि पहिचानको पक्षमा रहेको वताउदै वर्षौ देखी हक अधिकारबाट बञ्चित रहेको आदिवासी जनजाति समुदायको हक अधिकार सुनिस्चितताको लागी आन्दोलनको आवश्यक रहेको समेत वताए ।
अवको आन्दोलन पहिलाको जस्तो लडाइ झगडाको नभइ बैचारिक द्धन्द्धको रहेकाले आफ्नो समुदायलाई पहिचानको बारेमा जानकारी गराइ आन्दोलनलाई नया ढंगबाट अगाडी वढाउन आवश्यक रहेको गुरुङको भनाइ रहेको छ ।
मुलुकमा विभिन्न जातजाति , धर्म संस्कृति बीच एक आपसमा द्धन्द्ध बढाउनका लागी विदेशी शक्तिहरु ऋगाडी वढिरहेकाले पनि केही समय आन्दोलनलाई थाती राखेर मुलुकलाई आर्थिक सम्बृद्धी तर्फ अगाडी वढाउन सकेको खण्डमा केही वर्षपछि आदिवासी जनजातिहरुले आफ्नो पहिचान सुनिश्चितता गर्ने वातावरण तय हुने गुरुङको भनाइ रहेको थियो ।
सभा अगाडी पोखराको सभागृह चोकबाट शुरु भएको ¥याली पोखराका विभिन्न चोकहरु परिक्रमा गरी नदीपुर स्थित थकाली सेवा समितीमा पुगी सभामा परिणत भएको थियो ।
उक्त सभालाई आदिवासी जनजाति महासंघका धर्मा तमु, गण्डकी प्रदेशका कृषि मन्त्री लेख बहादुर थापा मगर, सांसद मन बहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा लगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्