ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाबहिलवासीको प्रश्न-कहिले बन्छ हाम्रो सडक ‘


bhawani desk

काठमाडौं,२४ साउन । घाम लाग्दा धुलोे र पानी पर्दा हिलो । चाबहिल–साँखु सडकखण्डमा हिड्ने जोकोहीलाई हिलो र धुलोले सताएको धेरै भयो । तर, यो समस्याबाट भने अब छिट्टै छुट्कारा मिल्ने भएको छ । सरकारले आगामी भदौ १२ अगावै सो सडकको मर्मत सम्भार गर्ने भएकोले हिलो धुलोबाट राहत मिल्ने भएको हो ।
पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलगायतको टोलीले आज सो सडकखण्डको स्थलगत निरीक्षण गरी तत्काल मर्मत सम्भार गर्ने प्रतिबद्धता जनाएपछि सो क्षेत्रमा यात्रा गर्ने जोकोहीलाई राहत मिल्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला निकायका उच्च अधिकारीलाई बोलाएर काठमाडौँ उपत्यकाभित्र निर्माणाधिन बौद्ध–जोरपाटी र कलङ्की नागढुङ्गा सडकखण्डको मर्मतमा लाग्न निर्देशन दिनुभयो ।

निर्देशनपछि मन्त्री महासेठलगायतको उच्चस्तरीय टोलीले सडकखण्डको निरीक्षण गरेको हो । टोलीले सडकको खाल्डाखुल्डी पुर्ने तथा धुलोे र हिलोको समस्याबाट मुक्ति दिइने प्रतिबद्धता जनाएको हो ।

चाबहिल–साँखु जोड्न कूल १२.५ किलोमिटर सडक स्थानीयवासीले उचित मुआब्जा नपाएको भन्दै अवरोध गरेपछि निर्माणमा ढिलाई भएको हो । सडक छेउका बासिन्दाले मुआब्जा नपाएसम्म काम गर्न नदिने भन्दै सङ्गठितरुपमै अवरोध गर्दै आएका छन् । सकेसम्म उनीहरुको उचित माग सम्बोधन गर्ने सरकारी टोलीले प्रतिबद्धता जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले सडक मर्मत र निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी ठूलो समस्यामा परेको भन्दै समस्या समाधानमा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सो सडक बनाउन रु एक अर्ब ४५ करोड बजेट छुट्टयाइएको छ । सडक सीमा छुट्याउन समस्या भएकाले निर्माणमा समस्या परेको छ ।

शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ र महानगरपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामाले सडक सीमा र स्थानीयले मुआब्जा वितरणमा राखेको माग सम्बोधन गर्न समस्या भएकाले कामले गति लिन नसकेको बताउनुभयो ।
सो सडक चार खण्डमा विभाजन गरेर छुट्टाछुट्टै निर्माण व्यवसायीलाई दिइएको छ । तर सडक सीमा छुट्टयाउने र मुआब्जा वितरणमा लामो समय लागेकाले समस्या थपिँदै गएको हो ।

सडक सीमा छुट्टयाउने काठमाडौँ उपत्यका विकास प्राधिकरण, निर्माण व्यवसायी र सडक विभागको बीचमा समन्वयको अभाव रहेको वडाध्यक्ष लामाको भनाइ छ । स्थानीयले मुआब्जा नपाई घर तथा आवास भत्काउन नदिने, सडक विभागले समन्वय गर्न नसक्ने र स्थानीय निकायले आवश्यकताअनुसार सहजीकरण गर्न नसक्दा सो सडकखण्डमा आवतजावत गर्ने यात्रुलाई सास्ती हुने गरेको छ ।

माधव नेपालको सुझाव छिटो सक्नुस् 

स्थलगत निरीक्षणमा सहभागी पूर्व प्रधानमन्त्री नेपालले चाबहिल–साँखु सडक निर्माण छिटो सक्न निर्देशन दिनुभयो । संसदीय अनुगमन समितिमा समेत रहनुभएका उहाँले सडकको निर्माण अवस्था अनुगमन गर्दै सम्बन्धित पक्षलाई त्यस्तो निर्देशन दिनुभएको हो ।

साँखु ऐतिहासिक ठाउँ भएकाले त्यहाँ दिनहुँ हजारौँको आवतजावत हुने तर सडकको दूरावस्था हुँदा सर्वसाधारण र यात्रुले धेरै दुःख पाइरहेको पूर्वप्रधानमन्त्री नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न बाहना गरेर निर्माणमा अब आलटाल गर्नुभएन, निर्माण छिटो सक्नु प¥यो, काम राम्रो हुनुपर्यो ।”

अनुगमनमा काठमाडौँ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य कृष्ण राई र सरिता न्यौपाने, प्रदेशसभा सदस्यद्वय रामेश्वर फुयाँल र मणिराम फुयाँल तथा सडक डिभिजन कार्यालयका प्रमुखसहितको टोली सहभागी थियो ।

मर्मतको काम अगाडि बढेको छ – मन्त्री महासेठ 

मन्त्री महासेठले भदौ १२ भित्रै सो सडकखण्डमा खाल्डाखुल्डी नरहने जानकारी दिनुभयो । सडक सीमा छुट्टाएको स्थानमा २२ मिटर नै, नभएको स्थानमा आठ मिटर सडक मर्मत तथा कालोपत्रे गर्ने गरी व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

यसअघि कलङ्की– नागढुङ्गा सडकखण्डको स्थलगत अनुगमन गर्नुभएका मन्त्री महासेठले भन्नुभयो, “कालोपत्रे गर्न त केही समय लाग्ला तर खाल्डाखुल्डी, हिलो र धुलोरहित बनाउन हामी प्रयत्नशील छौँ, सोहीअनुसार काम गर्छौं ।”

आयोजनाका इञ्जिनियर विश्वविजयलाल श्रेष्ठले चालू आर्थिक वर्षभित्रै सो सडकखण्ड पूर्णरुपमा कालोपत्रे हुने बताउनुभयो । पछिल्लो पटक मन्त्रिपरिषद्ले आठ मिटर मात्रै भए पनि सडक कालोपत्रे गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

इञ्जिनीयर श्रेष्ठले भन्नुभयो, “समस्या समाधान गर्न हामी सबै असफल भएकै हो, तर नयाँ व्यवस्थाअनुसार अब कम्तीमा आठ मिटर सडक कालोपत्रे हुन्छ । सोहीअनुसार प्रक्रिया अगाडि बढाएका छौँ ।”

मुआब्जा वितरण हुन नसक्दा समस्या बल्झिएको भन्दै उहाँले हिलो र धुलोबाट मुक्ति दिलाउन आयोजनाले प्रयास गरे पनि सम्भव नभएको उल्लेख गर्नुभयो । स्थानीयवासीले सडक मर्मतमा ध्यान नदिएको, निर्माण व्यवसायीले लापरवाही गरेको तथा सरकारले आफूहरुको गुनासोको सुनुवाइ नगरेको भन्दै पूर्वप्रधानमन्त्री, मन्त्री महासेठलगायतको टोलीसँग गुनासो गरेका थिए ।

स्थानीयले मन्त्री महासेठसँग चाबहिल–साँखु सडक कहिले निर्माण सम्पन्न हुन्छ र हामीले सास्तीबाट कहिले मुक्ति पाउँछौँ भन्दै प्रश्न गरे । जवाफमा मन्त्री महासेठले भन्नुभयो, “हामी प्रयासरत छौँ, केही समयभित्रै समस्या समाधान हुन्छ ।” तीन वर्ष पहिलेदेखि सो सडकखण्ड विस्तार शुरु भएपनि अझै काम सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com