काठमाडौं,२४ साउन । पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले चाबहिल- बौद्ध–जोरपाटी–साँखु सडकखण्डको अनुगमन गनुभएको छ ।
सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेशसभा सांसद रामेश्वर फुयाँल, सडकका अधिकारी सहित बिहीबार मन्त्री महासेठले उक्त सडक खण्डको खाल्डाखुल्डी पुर्न दिएको निर्देशनको कार्यान्वयनका अबस्थाका बारे अनुगमन गर्नुभएको हो ।
अनुगमन गर्दे मन्त्री महासेठले जतिसक्दो छिटो गुणस्तरिय रुपमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।
अनुगमनका क्रममा उहाले ढल खानेपानी आयोजनाले गरिरहेको कामको पनि जानकारी लिनुभएको थियो । अनुगमनका क्रममा सडक निर्माणका ठेकेदारहरुले १५ दिन भित्र सो सडक खण्डका सबै खाल्डाखुल्डी पुर्ने काम सकिने बताएका थिए । मन्त्री महाशेठले जनताको समस्या र पीरमर्का बुझेर सडक मर्मतको काम अघि बढाएको बताउनुभयो ।
भदौ १२ गतेपछि सडकमा कुनै खाल्डा नरहने भन्दै उहाले पिच गर्न समय लागेपनि खाल्डाखुल्डी सबै पुरिने दाबी गर्नुभयो ।
अनुमगनका क्रममा स्थानीयले भने पानी परेको बेला आफुहरुले निकै कष्टकर यात्रा गर्नुपर्ने भन्दै त्यही बेला अनुगमनमा आउन सुझाव दिएका थिए ।
सो क्रममा अनुगमनमा सहभागी काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईका सांसद समेत रहेका नेकपा नेता माधव कुमार नेपालले काममा ढिलाइ गर्नेमाथि कारबाहीको चेतावनी दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्