काठमाडौं,२३ साउन । टिप्परको ठक्करबाट फेरि उपत्यकामा एक महिलाको ज्यान गएको छ ।
थसिखेलमा मंगलबार नम्बर नखुलेको टिप्परको ठक्करबाट नुवाकोट मुलाबारी–३ घर भई हाल थसिखेल बस्ने ३६ वर्षीया शलिनाकुमारी विश्वकर्माको मृत्यु भएको हो।
ठक्करबाट पैदलयात्री सिन्धुली कुशेश्वर दुम्जा घर भई हाल ललितपुर कुसुन्ती बस्ने ३६ वर्षीया लेखराज रम्तेल घाइते भएका छन्।
मंगलबार बेलुका बाटो काट्ने क्रममा उनीहरुलाई तिव्र गतिमा आएको टिप्परले ठक्कर दिएको बताइएको छ ।
गम्भीर घाइते भएकी शालिनाकुमारीको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते रम्तेलको अवस्था सामान्य रहेको छ ।
ठक्कर दिएको आशंकामा सातदोबाटो प्रहरीले ४ वटा टिप्पर नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। पानी परिरहेको बेला अध्यारो सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्