काठमाडौं,२३ साउन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका केन्द्रीय नेताहरु पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीसहितका सो पार्टीका नेताहरुलाई पक्राउ गरेको हो।
विष्फोट तथा चन्दा असुली मुद्दामा प्रकाण्ड फरार रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी पूर्व मन्त्री समेत हुन्। प्रकाण्डलार्इ काठमाडौं प्रहरी परिसरमार्फत मुद्दा चलाइने जनाइएको छ ।
सोही पार्टीका केन्द्रीय सदस्य आजाद केसीलाई मंगलबार प्रहरीले भक्तपुरमा पक्राउ गरेको थियो।
सो पार्टीका नेता विप्लवलाई पनि प्रहरीले वारेन्ट जारी गरेको छ। विप्लव फरार छन्।
सो पार्टीका पोलिब्यूरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईसहितका नेताहरुलाई पनि पक्राउ गरी प्रहरीले मुद्दा अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस्