काठमाडौं,२३ साउन । नेपाल दूर संचार प्राधिकरणले दुर संचार सेवालाई गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले दुर संचार सेवालाई व्यवस्थित बनाउन अनलाईन पेमेन्ट सेवा पनि संचालनमा ल्याइएको स्पष्ट पार्नु भयो ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले दूर्गम क्षेत्रमा पानीको उचित व्यवस्थापन गर्न पनि प्राधिकरणले सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो ।
कार्यक्रममा बोल्दै पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले दुषित पानीका कारण महामारी फैल्न सक्ने भएकाले पानीको उचित व्यवस्थापनमा सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
उहाँले विश्वमा बढदै गएको खानेपानीको संकट समाधान गर्न पनि नेपालले त्यसको उचित व्यवस्थापनका ध्यान दिनुपर्ने पनि स्मरण गराउनु भयो ।
पूर्व मन्त्री साहले पानीको उचित व्यवस्थापनका लागि सरकारका सबै निकायबीच बलियो सहकार्य हुनुपर्नेमा पनि जोड दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्