चितवन,२१ साउन । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालको परराष्ट्रनीतिलाई बहसका रुपमा लैजाने बताउनुभएको छ ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको पहिलो बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले परिवर्तित सन्दर्भमा बिदेश नीतिका बारेमा अध्यनन भईरहेको भन्दै यस बिषयलाई बहसका रुपमा लैजाने बताउनुभएको हो ।
उहाले परराष्ट्रनीतिलाई संसदीय समिति र आवश्यक परे राष्ट्रिय बहसमा लैजाने र साझा धारणा बनाउने प्रयास गर्ने बताउनुभयो ।
परिवर्तित सन्दर्भमा १९९० , २००६ र २०१५ को परिवर्तनपछि परराष्ट्रनीतिका तीन वटा महत्वपूर्ण दस्तावेज निर्माण भएको त्यसमा मन्त्रालयले अध्ययन गरिरहेको उहाको भनाई छ ।
उहाले संक्रमणकाली अन्त्य भईसकेपछि मुलुक नया युगमा प्रवेश गरेको भन्दै उहाले यसलाई मध्यनजर गर्दे परराष्ट्रनीतिका बिषयमा छलफल हुने धारणा राख्नुभयो ।
बैठकको अध्यक्षता गर्नुभएका जेष्ठ सदस्य माधवकुमार नेपालले नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई मजवुद बनाउनका लागी समितिको भूमिकालाई केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
उहाले परराष्ट्र नीतिका बिषयमा साझा धारणा तय हुन नसकेको भन्दै यसमा साझा धारणा आवश्यक रहेको जिकिर गर्नुभयो । बैठकमा सांसदहरुले परिचयात्मककासाथै बैठक सञ्चालनका लागी सुझाव दिएका थिए ।



















प्रतिक्रिया दिनुहोस्