काठमाडौं, २० साउन । सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधिशको जिम्मेवारी वरिष्ठ न्यायाधिश ओमप्रकाश मिश्रले सम्हाल्नु भएको छ ।
कायममुकायम प्रधानन्यायाधिश दिपकराज जोशी आईतबारबाट विदामा बसेपछि दोस्रो वरियतामा रहनुभएका वरिष्ठ न्यायाधिश मिश्रले कायममुकायमको जिम्मेवारी सम्हाल्नु भएको हो ।
प्रधानन्यायाधिशमा प्रस्तावित कायममुकाय प्रधानन्यायाधिश जोशीलाई संसदीय सुनुवाई विशेष समितिको शुक्रबारको बैठकले अस्विकृत गरेपछि आईतबारबाट विदामा बस्नु भएको थियो । जोशीको सोही जिम्मेवारी वरिष्ठ न्यायाधिश मिश्रले आईतबारबाट सम्हाल्नु भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोरखेलले जानकारी दिनु भयो ।
सर्वोच्च अदालतमा आईतबार ५७ थान मुद्दा पेसीमा चढेको थियो । त्यसमध्ये ४ वटा मुद्दा फैसला गरिएको पनि प्रवक्ता पोखरेलले बताउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्