ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय क्षेत्र ठमेल : पानी पर्दा हिलो, घाम लाग्दा धूलो


bhawani desk

काठमाडौं, २० साउन ।  सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ ।

ठमेलका प्रमुख चोक तथा गल्लीमा ढल र मेलम्ची खानेपानी आयोजनाको लागि खनिएका खाल्डा नपूर्दा उक्त समस्या उत्पन्न भएको हो । समस्या समाधानका लागि स्थानीयवासीले पटक-पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ भएको छैन । पानी पर्दा हिलो र घाम लाग्दा धूलो उड्ने समस्याका कारण स्थानीयवासीसँगै नेपाल भ्रमणमा आएका पर्यटक नराम्रोसँग प्रभावित हुने गरेका छन् ।

गतवर्ष सडकमर्मत नभएको भन्दै ठमेलमा स्थानीय व्यवसायीले सडकमा नै धान रोपेर प्रतिकात्मक विरोध गरेका थिए । ठमेलको रौनक हराउँदै गएकोमा स्थानीय व्यापारी चिन्तित छन् । सरकारले ठमेल क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएको कारण मझौला तथा साना सवारीसाधन नचल्दा केही सहज भए पनि हिलो र धूलोका कारण पैदलयात्रुले सहज रुपमा यात्रा गर्न पाएका छैनन् ।

सडक खन्ने र नपूर्ने प्रवृत्तिका कारण व्यापार व्यवसाय घटेको स्थानीय व्यापारीले गुनासो गरेका छन् । स्थानीय निकायको निर्वाचनपछि ठमेल क्षेत्रले जनप्रतिनिधि पाए पनि आफूहरुको समस्या समाधानमा चासो नदिएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् । पर्यटकीय क्षेत्रको महत्व र गरिमालाई कायम राख्न तत्काल सडक कालोपत्र गर्न उनीहरुले माग गरेका छन् ।

वर्षात्का कारण ठमेल क्षेत्रको सडक मर्मत र कालोपत्र गर्न समस्या भएको जानकारी दिँदै स्थानीय जनप्रतिनिधिले केही दिनभित्रैमा समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । जनप्रतिनिधिको भनाइ विश्वसनीय नभएको भन्दै स्थानीय व्यवसायीले भने तत्काल विश्वास गरिहाल्ने अवस्था नरहेको टिप्पणी गरेका छन् ।

“पर्यटकले निकै सास्ती पाएका छन्, व्यापार व्यवसाय घटेको छ, राजधानीकै मुटुमा यस्तो समस्या छ भने अन्यन्त्र कस्तो होला ?” ठमेलका व्यवसायी किरणदेव घिमिरे भन्नुहुन्छ ।

यस्तै समाजसेवी विश्वम्भरलाल प्रधान राज्यको ठमेललाई हेर्ने दृष्टिकोण ठिक नभएका कारण यहाँका व्यवसायीले दुःख पाएको बताउनुहुन्छ । “ठमेलले नेपालको आर्थिक विकासमा ठूलो भूमिका खेलेको छ, तर यसको विकासका लागि राज्यले केही गर्न सकेको छैन,” उहाँले भन्नुभयो, “विश्वमा नेपाललाई चिनाएको ठमेल अहिले समस्याले जकडिएको छ ।”

अहिले ठमेलको क्वाबहालदेखि नर्सिङचोक, अमृत क्याम्पसदेखि ज्याठा मार्ग, सञ्चयकोष भवन अगाडि सडक कालोपत्र नहुँदा तथा सडकमा पानी जम्दा स्वदेशी तथा बाह्य पर्यटकका साथै स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । फ्रान्सबाट नेपाल घुम्न आउनुभएका जेराल्ड राजधानीकै बीच भागमा रहेको ठमेलको अवस्था कल्पना नै गर्न नसकिने भएको गुनासो गर्नुहुन्छ ।

पटक÷पटक नेपाल भ्रमणमा आएको बताउनुहुने उहाँले सडक मर्मतमा ध्यान दिन आग्रह गर्नुभयो ।

अमृतमार्ग अगाडि ‘ब्यास ट्राभल्स एण्ड टुर्स’ सञ्चालन गर्दै आउनुभएका दीपक भट्टराई ठमेल क्षेत्रमा जथाभावी खनिएका बाटोका कारण मुलुकको पर्यटन विकासमा ठूलो असर पुगेको बताउनुहुन्छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ मेलम्ची खानेपानी आयोजनाको पाइप ओछ्याउँदा खनिएका सडक मर्मत नहुँदा ठमेलका गल्लीमा खाल्डो पर्नुका साथै पानी जमेको बताउनुहुन्छ । “समग्र ठमेल क्षेत्र राम्रो छ, केही गल्ली मर्मत नहुँदा हिलोनै हिलो छ, यसको मर्मत चाँडै हुन्छ,”–उहाँ भन्नुहुन्छ ।

ठमेल क्षेत्र काठमाडौँ महानगरपालिका–१६ र २६ मा पर्छ । कामनपा –२६ का अध्यक्ष ख्यामराज तिवारी बाटो विस्तार र पानीका कारण ठमेल क्षेत्रमा खाल्डाखुल्डी परेको स्वीकार्नु हुन्छ ।

“पानी परेका कारण सडक मर्मत तथा कालोपत्र गर्न केही ढिलाइ भएको छ, पानी कम हुने वित्तिकै हामी पुनःनिर्माणको काम शुरु गछौँ,”उहाँले भन्नुभयो । अमृतमार्गदेखि सञ्चयकोषसम्मको बाटो विस्तार र कालोपत्र गर्नलाई महानगरपालिकाले रु एक करोड ९ लाख बजेट विनियोजन गरेको छ ।

कामनपा– १६ का वडाध्यक्ष मुकुन्द रिजाल क्षेत्रपाटीदेखि जेपी स्कुलसम्मको सडक मर्मतका लागि मेलम्ची खानेपानी आयोजनालाई जिम्मा दिइसकिएको बताउनुहुन्छ । उहाँले खाल्डाखुल्डी राख्नुहुन्न भन्नेमा हामी सचेत छांैँ, समस्या समाधानका लागि पहल भइरहेको र केही समयभित्रै आफ्नो वडाका कुनै पनि स्थानमा खाल्डाखुल्डी नहुने स्पष्ट पार्नुभयो । स्थानीयवासीले सडक मर्मत नभएको भन्दै दैनिकजसो नै महानगरका वडा कार्यालयमा गुनासो गरिरहेका छन् । समस्या समाधान भने नागरिकले अपेक्षागरेअनुसार हुन सकेको छैन ।

कामनपा –१७ का वडाध्यक्ष नवीन मानन्धर ढल जाम भएका कारण समस्या समाधान गर्न सडक खनिएको भए पनि वर्षाले मर्मतमा जटिलता ल्याएको बताउनुहुन्छ ।

वर्षा रोकिने वित्तिकै मर्मत थाल्ने भन्दै उहाँले समस्याका कारण स्थानीयवासीलाई परेको गुनासो शीघ्र सम्बोधन गरिने उल्लेख गर्नुभयो । सरकारले आगामी भदौ १२ भित्र काठमाडौँभित्रका सडकमा रहेका सबै खाल्डाखुल्डी पूर्णरुपमा मर्मत गर्ने र खाल्डोरहित बनाउने लक्ष्य राखेको छ ।

मनसुनका कारण वर्षा हुँदा मर्मत गर्न केही समस्या भए पनि घाम लाग्ने वित्तिकै कालोपत्र गर्ने लक्ष्य राखेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भदौ दोस्रो साताभित्रै सडक मर्मत गरिने र खाल्डाखुल्डीरहित बनाइने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १५ गते सरोकारवाला सबै निकायका प्रमुख तथा पदाधिकारीलाई बोलाएर सडक मर्मत गर्न निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com