काठमाडौं, २० साउन । पत्रकार तथा साहित्यकार महेश राणाको पुस्तक महागुरु सार्वजनिक गरिएको छ ।
एबीसी टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका राणाको ‘महागुरु : काल भैरवसँगको संवार्ता’ काठमाडौंमा शनिबार सार्वजनिक गरिएको हो ।

डा. ध्रुवेशचन्द्र रेग्मीको सितारमा भैरव आराधनाबाट सुरु भएको विमोचन पूर्ण रुपमा तान्त्रिक प्रक्रियाको बीचमा अद्भूत रुपले श्री काल भैरवको प्रतिरुपद्वारा पुस्तक लोकार्पण गरिएको थियो ।
कार्यक्रममा नेपाली कर्पोरेट, विजनेस, सेक्युरिटी सबै क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
पुस्तक समीक्षा शेखर खरेलले गर्नुभएको थियो भने शुभकामना मन्तव्य दिँदै सूर्य नेपालका उपाध्यक्ष रवि केसी, सिटिजन बैंकका सीइओ राजनसिंह भण्डारी, फिसटेल एयरका अध्यक्ष विकास राणा, आनका अध्यक्ष रविन्द्र कुमार रिजाल ‘शशी’ इ–क्यानका अध्यक्ष विष्णुहरी पाण्डे, नायक निखिल उप्रेती, अष्ट्रेलियन हार्वर इन्टरनेशनल कलेजका अध्यष सुमन भेटवाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

धार्मिक र आध्यात्मिक बिषयवस्तु समेटिएको पुस्तकमा नौं उपशीर्षक रहेका छन् । पुस्तकमा मानिसको भौतिक अवस्थालाई कसरी आध्यात्मिक बनाउने भन्ने विषयमा भगवान कालभैरवसँग गरेको अन्तर सम्वादलाई उतारिएको लेखकले जनाउनुभएको छ ।
पुस्तकमा जीवनलाई रुपान्तरण, आध्यात्मिक साधन आदिलाई विशेष जोड दिइएको छ । लेखक राणाले आफुले पुस्तक लेखेको भन्दा पनि साधनाबाट महागुरुले दिएको बिचारलँई प्रस्तुत गरेको बताउनुभएको छ । पुस्तकलाई पिनाकल पब्लीकेशनले बजारमा ल्याएको हो ।
कार्यक्रममा प्रकाशकको तर्फबाट पिनाकल पव्लिकेशनको तर्फबाट धनिराम वलीले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रम चर्चित सञ्चारकर्मीद्वय प्रभात रिमाल र नरेश भट्टराईले सञ्चालन गर्नुभएको थियो ।



















प्रतिक्रिया दिनुहोस्