
कञ्चनपुर,२० साउन । महेन्द्रनगरकी किशोरी निर्मला पन्तको बलात्कारपछि नै हत्या भएको पुष्टि भएको छ। बलात्कारपछि हत्या गरिएको उनको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ।
गत साउन १० गते पन्त मृत अवस्थामा भेटिएकी थिइन्। ११ दिन हुँदा समेत प्रहरीले हत्यामा संलग्नलाई पत्ता लगाउन सकेको छैन।
भीमदत्त–२ कि १३ वर्षीय पन्तको शव भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा फेला परेको थियो। स्थानीय सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययनरत उनी बिहान ११ बजे पढ्न भनेर साथीको घरमा गएकी थिइन् । घर नफर्किएपछि खोज्ने क्रममा उनको शव भेटिएको भेटिएको थियो ।
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो९सिआइबी०बाट समेत टोली खटिएको छ। तर,अभियुक्तहरु पक्राउ परेका छैनन्।
पोष्टमार्टम रिपोर्ट आइसकेपछि उनको कसरी हत्या भयो भन्ने नै खुल्न सकेको छैन। उखुबारीमै हत्या भएको वा अन्यत्रबाट हत्या गरी त्यहाँ लगेर फालेको भन्नेमा अझै अन्योल छ।
घाँटी थिचेर हत्या गरिएको हुनसक्ने अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए।



















प्रतिक्रिया दिनुहोस्