ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरोकारवालाले सहयोग नगरेको नगरप्रमुख बोहराको गुनासो


bhawani desk


अछाम,१६ साउन । मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराले यहाँका सरोकारवालाहरुले नगरपालिकालाई सहयोग नगरेको गुनासो गर्नुभएको छ । मंगलसेन नगरपालिकालाई अबैध घरेलु र कमसल खालको मदिरा मुक्त नगरपालिका बनाउने आफ्नो योजना रहे पनी स्थानीय ब्यापारी, स्थानीय बासिन्दा र स्थानीय राजनितिक दलबाट आफुले सहयोग नपाएको उहाँले गुनासो गर्नु भएको हो ।

स्थानीय निर्बान बाट आफु बिजयी भैसकेपछी २०७४ साल अषाढ २० गते पदबहाली भएकै दिन मंगलसेनलाई शान्त, ब्यबस्थित र सुन्दर नगर बनाउने निर्णय गरेपनी स्थानीय सरोकारवालाको असहयोगका कारण निर्णय कार्यन्वयन हुन नसकेको नगरप्रमुख बोहराले बताउनु भयो ।

“हामीले घरेलु मदिरा र कमसल खालको मदिरा उत्पादन, बिक्रिबितरण र सेवन नगर्न पटक पटक कार्यपालिकाबाट निर्णय गरेका छौ, सुचना जारी गरेका छौ तर हाम्रो निर्णय र सुचनालाई बेवास्था गरी यस्तो खालको मदिरा उत्पादन, बिक्रिबितरण भैरहेको छ अब हामी प्रहरी प्रशासनको सहयोग लिएर भएपनी मदिरा नियन्त्रण गरेरै छाड्छौ” उहाँले भन्नुभयो ।

आफ्नो अनुरोधमा जिल्ला समन्बय समितिमा ३ पटक जिल्लाका सबै स्थानीय तह, राजनितिक दल, जिल्ला प्रहरी, जिल्ला प्रशासन, नागरिक अगुवा र संचारकर्मिहरु बिच मदिरा ब्यवस्थापनका बारेमा छलफल समेत गरिएको नगरप्रमुख बोहराले बताउनु भयो । मंगलसेन नगरपालिकाले मदिरा ब्यबस्थापनका लागी गत असाढ देखी हाल सम्म पटक पटक छलफल गरेको, वडा स्तरमा छलफल तथा निर्णय भएका र सुचना जारी गरिएका भएपनी स्थानीय ब्यापारीहरुले अटेर गरर्दै आईरहेका मंगलसेन नगरपालिका वडा नं ६ का वडाअध्यक्ष जनकाराज भण्डारीले बताउनु भयो ।

नगरपालिकाले मदिरा ऐनअनुसार बिद्यालय, मठमन्दिर, स्वास्यसस्था जस्ता सार्बजनिक स्थानबाट २ सय मिटर टाढा मात्र अनुमती प्राप्त ब्यवशायीले मदिराको कारोबार गर्न भनेपनी मदिरा ब्यापारीहरुले अटेर गरिरहेका जनप्रतिनिधिहरुले गुनासो गरेका छन ।

अहिले पनी मंगलसेन नगरपालिकाका बिभिन्न ठाँउमा अबैध घरेलु मदिरा उत्पादन तथा बिक्रिबितरण भैरहेको र कतिपय ब्यवशायीले अनुमती नलिएरै अबैधरुपमा मदिराको कारोबार भैरहेको नगरपालिकाले जनाएको छ ।

२०४३ सालमा अछामका नागरिक अगुवा, राजनितिक दलको पहलमा मन्त्रीपरिषदको बैठकबाटै मदिरा निषेधित गरिएको भएपनी २०६८ सालमा अछामका ब्यपारी, अछाम उद्योग बाणिज्य संघ र केही राजनितिक दलको अगुवाईमा अछाममा मदिरा खुल्ला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com