ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावलाई प्रभावित तुल्याउन फेसबुकको प्रयोग


bhawani desk
श्रावण १६, २०७५ बुधबार   ५ : ०६   बजे

 

एजेन्सी,१६ साउन । अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ ।

मध्यावधि चुनाव हुन १०० दिन पनि बाँकी नरहेको अवस्थामा कम्पनीबाट तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा सोझै रुसमाथि आक्षेप लगाइएको छैन । फेसबुकको अध्ययनमा ३२ वटा नक्कली फेसबुक र इन्स्टाग्राम खाता खोलेको पाइएको छ, र यसलाई हटाइएको छ किनभने यिनीहरुमा “नियोजित” र “अनाधिकृत” राजनीतिक व्यवहार झल्कने सामग्री राखिएको थियो ।

तर यी ठेगानमा कम्तीमा वासिङटनका अधिकारीहरु जोडिएको पाइन्न । झण्डै ३००,००० मानिसले यी प्रतिबन्धित खातासँग आफूलाई आबद्ध गराएको पाइन्छ र प्रचारित सामग्रीमा मानिसले अभिरुचि देखाएका छन् ।

“यो त बिल्कुलै हाम्रो लोकतन्त्रमाथि आक्रमण हो,” सिनेट जासूसी समितिमा डेमोक्राट पार्टीका तर्फबाट भर्जिनियाका सांसद मार्क वार्नरले बताउनुभयो । यस विषयमा फेसबुकले सिनेट कमिटीलाई पहिल्यै जानकारी गराएको थियो । वार्नरको विचारमा यस आक्रमणमा रुसको मुख्य भूमिका रहेको छ ।

सिनेट न्यायिक समितिका अध्यक्ष चक ग्रास्लेका एकजना प्रवक्ताले रुसीहरुको एउटा समूहले फेसबुकको प्रयोगमार्फत गलत सन्देश फैलाउन खोजको जानकारी प्राप्त भएको बताए । फेसबुक खाता बन्द गरिएका यी समूहहरु राजनीतिक प्रेरित रहेको उनले बताए ।

डिजिटल फोरेन्सिक रिसर्च ल्याबमा कार्यरत बेन निम्मो र ग्राहम ब्रुकीले ब्लग पोस्टमा लेख्दै पहिचान गरिएका ती खाताहरुले अमेरिकी नागरिकबीच विभाजन ल्याउन र एकअर्का विरुद्ध लड्न प्रोत्साहित गरेको बताउनुभयो । गैरनाफामूलक यो ल्याबले फेसबुकबाट प्रदान गरिने सेवाको दुरुपयोगसम्बन्धी विश्लेषण गर्दछ ।

क्यालिफोर्नियाबाट निर्वाचित डेमोक्राट सांसद एडम सिफले मध्यावधि निर्वाचन अघि अझ बढी काम गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी तत्वहरुले सन् २०१६ चुनावताका प्रयोग गरेकैजस्तो विधि यसपटक अपनाउन थालेका छन् । उनीहरुले हामीलाई राजनीतिक र वैचारिक दृष्टिकोणबाट विभाजित गरिरहेका छन् ।”

संसदीय जासूसी समितिले सेप्टेम्बरमा फेसबुकका प्रमुख सञ्चालन अधिकृत सेरिल स्यान्डबर्ग, ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्से र गुगलका अधिकारीसँग संसदीय सुनुवाई गर्ने योजना बनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा रुसी हस्तक्षेपका सन्दर्भमा मिश्रित प्रतिक्रिया दिनुभएको छ । आगामी चुनावमा त्यस्तो हस्तक्षेपको सम्भावना छ त भनी गत साता सोधिएको प्रश्नमा ट्रम्पले मध्यावधि चुनावलाई लक्षित गर्ने सम्भावना रहेको ट्विटमार्फत जानकारी दिनुभएको छ ।

मङ्गलबार मात्र ह्वाइटहासका प्रवक्ता होगान गिड्लेले राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावमा कुनै पनि राष्ट्र, राज्य वा अरु कुनै खराब तत्वले हस्तक्षेप गरेमा त्यसलाई अमेरिकी प्रशासनले सहन नसक्ने स्पष्ट गर्नुभएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

सम्बन्धित

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

ओमानको खाडीमा अमेरिकी सेनाद्वारा तेस्रो तेल ट्याङ्कर निष्क्रिय

भियतनाममा १२ लाख भन्दा बढी विद्यार्थी राष्ट्रिय उच्च माध्यामिक परीक्षामा सम्मिलित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group