
काठमाडौं,१६ साउन। डा गोविन्द केसीले अगाडि सारेका एजेन्डाका पक्षमा सक्रिय भएका कारण पार्टीमा विवाद बढेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।
बैठकमा अध्यक्षद्वयले डा केसीको अनसन सरकारलाई असफल बनाउने योजना अन्तर्गत भएको बताएका थिए। तर श्रेष्ठले प्रतिवाद गरेका थिए।
डा केसीको अनसन लम्बिंदै जांदा श्रेष्ठले सचिवालय बैठक माग गरेका थिए। बैठक बस्यो पनि। तर सहज नभएको एक नेताले बताए।
अध्यक्षद्वयले माथेमा प्रतिवेदन नै जनविरोधी र प्रतिक्रियावादी भएको बताउन थालेपछि विवाद बढेको बैठकमा सहभागी एक नेताले बताए। श्रेष्ठले प्रतिवेदन सकारात्मक भएको र कम्युनिष्टहरूले झन् आत्मसात् गर्नुपर्ने तर्क राखेका थिए।
उनले प्रतिवेदनको विरोध नगर्न अनुरोध गरेका थिए। ‘कोही त्रिशुलीमा हाम फाल्छु भन्यो भने माग पूरा गर्न नसकिने’ तर्क उठेपछि श्रेष्ठ आक्रोशित भएका थिए। उनले भनेका थिए,‘ आजसम्म कतिवटा डा केसी उत्पादन गर्नुभएको छरु’
अध्यक्षद्वयले बैठकमा सुशीला कार्की, कृष्ण पहाडी र डा केसीलाई भेटेको भन्दै श्रेष्ठसँग प्रश्न सोधेका थिए। त्यसपछि भने श्रेष्ठले ‘तपाईंहरूको प्रवक्ता तपाईंहरू नै राख्नुस्’ भन्दै बैठकबाट बाहिरिएका थिए।



















प्रतिक्रिया दिनुहोस्