ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ विभाजनको संघारमा


bhawani desk

काठमाडौं, १४ साउन । जो अगुवा भने जस्तै भएको छ, नेपाल कपडा तथा सिलाई व्यवसायी संघमा नेपाली कपडा तथा सिलाई व्यवसायीक क्षेत्रमा देखिएका समस्या र चुनौंती हल गर्न झण्डै दुई दशक देखि सक्रियरुपमा आफ्ना हकहित र अधिकारका निम्ति सक्रिय रहेर आईराखेको यस संघ अहिले विभाजनको संघारमा पुगेको आरोप लगाइएको छ ।

केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठका कारण विभाजनको संघारमा पुगेको असन्तुष्टहरुको आरोप छ ।‘विशेषत वर्तमान अध्यक्ष रामकृष्ण श्रेष्ठका कारण संघको झण्डै २ दशक लामो यात्रामा संघ यति धेरै कमजोर भएको यो पहिलो पटक हो, संघ फुटको संघारमा पुगिसकेको छ,’ एक सदस्यले भने ।अहिले संघमा देशभरका ५४ जिल्लाहरु सक्रिय सदस्यकोरुपमा रहेका छन् ।

वर्तमान कार्यशैलीका कारण संघ अपेक्षाकृतरुपमा अघि बढ्न नसकेको, सिमित व्यक्तिको अधिनभित्र रहि संघलाई ठगी खाने भाँडोकारुपमा प्रयोग गरिएको, जिल्ला संघका सक्रिय सदस्यहरुलाई पाखा लगाई आफ्ना नजिकका व्यक्तिहरुलाई आफूखुसी कार्यसमितिमा मनोनयन गर्नेजस्ता अवान्छनीय गतिबिधि अगाडि बढेको असन्तुष्टहरुले बताएका छन् ।

‘चाहे रामेछापमा अपनाएका आफ्ना रवैया हुन् या कास्कीमा सक्रिय पदाधिकारी सदस्य माथि गरेको अन्यायपूर्ण व्यवहारले सिङ्गो संघलाई लज्जीत बनाएको छ,’ कास्की जिल्ला संघका एक सदस्यले बताए । यदि यस्तै रवैया कायम रहे यस संघभित्र आफूहरु अट्न नसक्ने उनले बताएका छन् ।

अध्यक्ष श्रेष्ठले विधानसम्मत सम्पन्न विभिन्न जिल्ला संघका साधारणसभामा ठाडो हस्तक्षेप गरी आफूइतरका व्यक्तिलाई प्राथमिकता दिने, सक्षम, अनुभवी र मिहिनेती व्यक्तिहरुलाई पाखा लगाउने काम स्वयं अध्यक्षको तर्फबाट भइराखेको ती सदस्यले बताए ।

असन्तुष्टका अनुसार अध्यक्ष श्रेष्ठका कारण संघमा देखिएका समस्याहरु

१. वार्षिक साधारणसभा विधानत एक वर्षमा गर्नुपर्नेमा ३ महिना बितिसक्दासमेत नगरेको । १५ औं साधारणसभा मिति २०७३–१२–१३ मा गरेपछि २०७४–१२–३० मा गर्नुपर्नेमा अहिलेसम्म नगरेको ।

२. विधानत जिल्ला कार्यसमितिहरुले हरेक वर्ष जेठ भित्र साधारण सभा गर्नुपर्नेमा ५४ वटा जिल्ला कार्यसमितिमध्ये १० वटाको मात्र साधारणसभा भएको ।

३. केन्द्रीय कार्यसमितिमा निर्वाचित हुन कम्तिमा २ वर्ष जिल्ला कार्यसमितिमा काम गरेको हुनुपर्ने व्यवस्था रहँदा रहँदै कास्की जिल्लाबाट साधारण सदस्यसमेत नविकरण नगरेका र कार्यसमितिमा काम नगरेको सदस्य श्री कृष्ण शेवानलाई मनोनयन गरेको ।

४. आफ्नो पक्षमा नरहेका जिल्लाका कार्यसमितिहरु कास्की, रामेछाप, वाग्लुङ, म्याग्दी, पर्वतलाई जथाभावी व्यवहार गरेको ।

५. विधान विपरित कार्य गरेको भन्दै प्रदेश नम्बर ४ का जिल्लाहरुबाट केन्द्रीय संघको कार्यक्रम बहिस्कार हुँदै आएको ।

६. कास्की जिल्ला संस्थापक अध्यक्ष शम्भु खातीद्वारा विधान विपरित कार्यसमितिबारे पटक पटक प्रेस विज्ञप्ति तथा केन्द्रमा निवेदन दिंदा कास्की जिल्लालाई नै अवैधानिक मानिएको ।

७. त्यस्तै कास्की जिल्लाका संस्थापक अध्यक्ष शम्भु खातीबाट यो अवस्थाको समाधान नगरे कानूनी बाटो अपनाउने र यस्तै थिचोमिचोको निरन्तरता भयो भने संघ एउटै भएर बस्न गाह्रो हुने अवस्था छ भन्दासमेत कुनै वास्ता नगरिएको ।

८. रामेछाप जिल्लाका सचिव इश्वर बरालकाअनुसार जिल्लाको विशेष साधारण सभामा सबैको कार्यकाल १ वर्ष बाँकी रहँदा रहँदै केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले बलजफ्ती नयाँ कार्यसमिति रातको १२ बजे घोषणा गरेको भन्दै त्यहाँबाट विरोध हुँदै आएको ।
अध्यक्षको यस्तो रवैया तत्काल नसच्याए र जारी रहे संघ एउटै भएर बस्न नसक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com