ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावित क्षेत्रमा विरामीको संख्या बढ्यो, महामारी फैलने खतरा


admin
भाद्र ६, २०७४ मंगलबार   ९ : ३०   बजे

गौशाला, ६ भदौ । चालिस हजार घर प्रभावित र ८०० भन्दा बढी परिवार विस्थापित हुने गरी महोत्तरीमा आएको भीषण बाढीपछि जिल्लाभरि बिरामीको संख्या बढ्न थालेको छ ।

जिल्लाको रातो, जंघा, मरहा, अंकुशी, विग्ही, भब्सीलगायतका नदीमा आएको बाढीले प्रभावित भएका गाउँ बस्तीमा अहिले बाढीपछि बिरामीको संख्या अत्यधिक वृद्धि भएको स्थानीयवासीले बताएका छन् ।

बाढीबाट प्रभावित जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका, मटिहानी, गौशाला, सम्सी, रामगोपालपुर, भंगहा, लोहारपट्टी, बलवा, धमौरा, धीरापुर, मनरा, एकडारा, सोनमा, सोनौललगायतका स्थानमा अहिले बिरामीको संख्या ह्वात्तै बढेको छ ।

ती स्थानमा खानेपानीको मुहान बाढीले बगाएको, ह्याण्ड पाइप, कुवा, इनार र नदीमा बाढीको पानी पसेर सबै पानी दूषित भइसकेको अवस्थामा तीनै मुहानका पानी खान बाध्य तथा चारैतिर बाढीले डुबान गरेको अवस्थामा दिसापिसाब व्यवस्थापन गर्न नसक्दा बाढी प्रभावितको गाउँ बस्तीमा विभिन्न रोगको संक्रमण देखिएको तथा बिरामीको संख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

बाढीको पानी कम भएसँगै बाढी प्रभावित गाउँ बस्तीमा झाडापखाला, डाइरिया, ज्वरो, टाइफाइड, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको बताउँदै जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका प्रमुख डा नागेन्द्र यादवले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटिएको र निरन्तर घुम्ती टोलीले उपचार तथा औषधि वितरणलगायतका काम तीव्रगतिमा गरिरहेको बताउनुभयो ।

तर अझै पनि जिल्लाका ग्रामीण भेगमा स्वास्थ्यकर्मी तथा औषधि पुग्न नसकेको र कतिपय ठाउँमा बिरामीले उपचार र औषधि नपाएको पीडितले गुनासो गरेका छन् ।

अहिले बाढीबाट प्रभावित बिरामीले जिल्ला अस्पताल र जिल्लाका सबै स्वास्थ्य, उपस्वास्थ्य चौकी र स्वास्थ्य केन्द्र खचाखच भरिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group