ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो ईज्यत सडकमा छताछुल्ल पारिदैंछ आमा


एबीसी न्यूज

शारदा शर्मा
शारदा शर्मा

सेतो एप्रोनमा सजिएर दुर दराजका गरीब जनताको सेवा गर्ने छोरीको इच्छा पुरा गर्न तिमीले के गरिनौ । बा ले अनेक कल्पना गर्दै मलाई डाक्टर बनाउने सपना बुन्दा धेरै रात नसुतेको मेरै आँखाले देखेकी छु । आफ्नै काखमा राखेर हुर्काएकी छोरीलाई डाक्टर बनाउन तिमी र बा कति ठाउँमा चाहारेउ मलाई पनि थाहा छ । देशको परिस्थिति हाम्रो आर्थिक अवस्थाको कारण आफ्नै देशमा मेडिकल साइन्स पढेर डाक्टर बन्ने सपना लग भग मेरो मनबाट हराइसकेको थियो । सोच्थे गोबिन्द केसीले राखेका माग पुरा गर्न सरकार तयार हुने हो भने त मैले देशमै डाक्टरी पढ्न पाउने थिए ।

तर पछि मलाई उनै माथि डाउट हुन थाल्यो । कुरा मैले बुझिन या डाक्टर केसीले बुझ्न सकेनन् खै उनको १५ औँ अनशन सम्म आइपुग्दा र उनले राखेका मागहरुलाई पहिलो अनशन तिरबाटै नियाल्दै जाँदा उनको शैली बुझिनसक्नुको पाए । सायद देशमा सर्वसुलभ तरिकाले पढ्न पाउने मेडिकल कलेजहरु भएको भए दुइबर्ष कुर्दा पनि आफ्नो देशमा पढ्न नपाएर म बिदेश किन जानु पर्दथ्यो र ? यसरी बिदेशीने धेरै बिद्यार्थीहरु छन् जस मध्य मलाई पनि तिमी र बा ले बंगलादेशमा पढ्न पठाउने निर्णय गरेउ ।

देशमा पढाउन सक्ने बातावरण नभएपछि मलाई बिदेश पठाउन पर्दाको पिडा म राम्ररी बुझ्छु पनि । बाँध्यताले उच्चशिक्षा लिन बिदेशिएका तिम्रा छोरीहरु माथि देश चलाउछौं भन्नेहरुले नै शब्द प्रहार गरेछन् हाम्रो ईज्यतको लिलामी गर्दै । हाम्रो मेहनेत हाम्रो लगन र हामीले लिएको प्रतिज्ञालाई शरीरसंग साटेको भन्दै एकदुइजना मान्छेहरुले हाम्रो इज्यतको बिस्कुन सुकाउन खोजेछन् ।

हामीलाई उनिहरुले प्रहार गरेका शब्दहरुसंग भन्दा पनि उनिहरुको नियत प्रति शंका छ । साँच्चै आफ्ना छोरीहरुको बिषयमा आएका यी प्रचारहरुले तिमी र बा लाई कति असर र प्रभाव पारेको छ म प्रष्ट बुझ्छु । समाजले हाम्रो परिवारप्रति हेर्ने दृष्टिकोणको भर्पाई गर्न के ति मान्छेहरुले सक्लान ? हुन त उनिहरुले कसरी भने ? भन्नत भने नी हाम्रो ईज्यतको धँज्जी उडाउंदै । यो आम समाजको धारणा हो महिलाहरुलाई हेर्ने गलत मानसिकता हो । सबै छोरी चेलीहरु माथिको आक्रमण हो । तिमीत नेपालमै छौ बुझ्दैँ गर्नु खुलेआम हाम्रो बदनाम गर्ने उनिहरुका श्रीमती आमा बाउ र छोरीहरु छन् की छैनन् । आफ्ना छोरी नहुनेहरु नै यसरी बोल्न सक्छन् । आमाको कोखको अपमान गर्नेहरुले नै यसरी खुलेआम महिलाहरुको बदनाम गर्न सक्छन् ।

देश अझै पनि संक्रमणकालमै छ यहाँ पावर र सत्ताको भोकमा मान्छेहरु कुहेको सिनो खान तयार छन् । चिहान माथि बसेर राजनीति गर्ने खेल कहाँ सकिएको छ र अरुको अवशानमा आफ्नो उदय देख्ने भोका मान्छेहरुको राज छ आमा हाम्रो देशमा । खसीको टाउको झुण्डाएर कुकुरको ब्यापार गर्नेहरुले के भन्छन् बा लाई पिर नमान्न भन्नु । सेतो एप्रोनमा सजिएर दुरदराजका गरीबको सेवामा छोरीले गरेको तरक्की हेर्न ला–लायित ति आँखाहरु झुक्न दिने छैन । हामी छोरी चेलीहरुको खुलेआम बदनाम गरेर चर्चा बटुल्न चाहाने बटुकहरुलाई धन्यवाद दिनु सायद यस्ता तमाम आरोपले खारिदै हामी स्पात बन्ने छौं । दिन–दहाडै छोरी चेलीहरुको ईज्यत उतार्न खोज्ने हरुलाई समयले कठघेरामा उभ्याएर सजाय दिनेछ ।

साँच्चै आजपनि जान्ने सुन्ने हौं भन्नेहरु बाटनै हामीमाथि शारिरिक र मानसिक बलात्कार भैरहेको छ । दिनदहाडै राजधानीमै अनेक बलात्कारका घटनाहरुबाहिर आएका छन् समाजमा विकृति बढेको छ, महिलाहरु प्रति गरिने यस्ता घीनाउंदा कार्यहरुमा समाज बदल्छौ भनेर लाग्नेहरुनै अगाडी छन् । अनेक बहानामा महिलामाथि शोषण भएको छ जस्को कारण एक भएर समाजका बिकृति हटाउनु पर्ने समयमा हामी माथि भएको यो अपमान र ब्यईज्यतको मुल्य चुकाउन उनिहरु तयार हुनु पर्नेछ । समाजमा छोरी चेलीहरुको ईज्यत माथि यसरी बदनमीका आरोपहरु बर्षिरहदा सरोकार निकाय हरु चुप जस्तो देखिनु झनै लज्जास्पद नै छ र पनि हामी दृढ छौ। पढाइमा नै कन्सल्ट राख्छौ । आफु बाहिर भएको समय हामीहरुको बिषयलाई लिएर बोलिएका यि खुलेआम ब्यईज्यतीका शब्दहरुले दुखेको मुटुको घाउ सुक्न समय अवश्य लाग्ने छ तर कमजोर भने हुने छैनौ ।

जे होस बद्नाम गर्न त खोजियो नी हामीलाई र पनि चिन्ता नगरे आमा खुलेआम हामीलाई आफ्नै देशले शीर झुक्न बिवश बनाएको यो कठिन समयमा बा लाई सम्झाउनु र सचेत रहनु देश तिम्रो हाम्रो पनि हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com