ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को बन्लान पत्रकार महासंघको सभापति ?


admin

काठमाडौं, ४ भदौ । नेपाली पत्रकारीताको इतिहास गर्व गर्न लायक छ । नेपाली पत्रकारहरुले हरेक परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेका छन् । राणा शास, पञ्चायती व्यवस्था र निरंकुस राजतन्त्रको विरुद्ध भएका आन्दोलनको अग्रपंतिमा पत्रकार नै थिए । यी पत्रकारहरुको छाता संगठन हो, नेपाल पत्रकार महासंघ । स्थापनाको ६२ वसन्त पार गरिसकेको महासंघ यतिखेर २५औं महाधिवेशमा छ ।

स्थापना पछिको यो अवधिमा महासंघले अनेकौ आरोह र अवरोह पार गरेको छ । मुलत: पत्रकारको हक हितका लागि महासंघको भूमिका उल्लेखनिय छ । महासंघले अहिलेसम्म पेसागत सुरक्षा र व्यवसायीक पत्रकारीको पक्षमा वकाल गर्दै आएको छ । स्थापनाको ६ दशकमा महासंघलाई धेरैले नेतृत्व गरिसकेका छन् । धेरै नेतृत्वको रुपमा स्थापित भए । उतिखेर पत्रकार महासंघ २५औं महाधिवेशन मार्फत आगामी तीन वर्षका लागि नयाँ नेतृत्व निर्वाचित गर्ने संघारमा छ ।


नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संगठनको रुपमा स्थापित छ । केही व्यक्तिले आफ्नो स्वार्थ पूर्ति गर्न पत्रकार महासंघको विकल्प खोज्ने प्रयत्न गरे पनि सबै असफल भएका छन् । त्यसैले अहिलेसम्म नेपाल पत्रकार महासंघ पत्रकारहरुको निर्भिकल्प छाता संगठन हो । पत्रकार महासंघले गौरवमय ६ दशक पार गरिसकेको छ । यो अवधिमा धेरै पत्रकारले महासंघको नेतृत्व गरिसकेका छन् ।

यतिखेर महासंघ नयाँ नेतृत्व चयनको संघारमा छ । महासंघलाई नेतृत्व गर्न तीन वरिष्ठ पत्रकार चुनावी मैदानमा छन् । गोविन्द्र आचार्य, तर्थ कोइराला र उजिर मगर मध्ये एक जना आगामी ३ वर्षका लागि नेपाल पत्रकार महासंघको अध्यक्ष्को रुपमा निर्वाचित हुनेछन् । अध्यक्षका तीनै उम्मेदवारले नेपाली पत्रकारीताको विकासका लागि कुनै न कुनै रुपमा योगदान पुर्‍याएका छन् ।

को हुन गोविन्द आचार्य ?
प्रेस सेन्टर र प्रेस यु्नियनको तर्फबाट सभापतिका साझा उम्मेदबारको रुपमा चुनावी मैदानमा रहेका गोविन्द आचार्य श्रमजिवी पत्रकारको पक्षमा वकालत गर्ने नेतृत्वको रुपमा स्थापित छन् । आचार्यले यस अघि नै नेपाल पत्रकार महासंघको उपाध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनलाई पत्रकारिता र पत्रकारको समस्याबारे जानकार मानिन्छन् । श्रमजीवी पत्रकारका लागि बनेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको रुपमा काम गरिसकेका छन् ।

प्रेस काउन्सिलको सदस्य, क्रान्तिकारी पत्रकार संघको पूर्वअध्यक्ष, प्रेस सेन्टरको पूर्व उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका आचार्य पछिल्लो पटक पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए । विगत हेर्दा नेपाली पत्रकारीता र विशेषगरी श्रमजिवीहरुको पक्षमा आचार्यले धरै काम गरेका छन् । उनै आचार्य यतिखेर पत्रकार महासंघलाई नेतृत्व गर्न चुनावी मैदानमा छन् ।

को हुन तीर्थ कोइराला ?
प्रेस चौतारी नेपालको समर्थनमा पुराना पत्रकार तीर्थ कोइराला पनि नेपाल पत्रकार महासंघको नेतृत्व गर्न चुनावी मैदानमा छन् । चुनावी मैदानमा रहेका कोइराला यस अघि महासंघको कुनै पनि पदमा रहेर काम गरेका छैनन् । डा. सुरेर आचार्य सभापति निर्वाचित हुँदा महासचिव पदका प्रत्यासी थिए । तर, उनी महासचिव निर्वाचित हुन सकेनन् । यसरी हेर्दा तीर्थ कोइराला अध्यक्ष निर्वाचित भइहाले पहिलो पटक पत्रकार महासंघको नेतृत्व गर्नेछन् ।

पत्रकार महासंघ र पत्रकार जन्य संगठनमा काम नगरेका कोइरालाले नेपाली पत्रकारीतामा भने लामो समय विताइसकेका छन् । कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजनमा लामो समय काम गरेका छन् । त्यति मात्र होइन, कोइरालाले नेपाल टेलिभिजनको अध्यक्ष भएर समेत काम गरेका छन् । तीर्थ कोइरलासँग संगठनको नेतृत्व गर्ने भन्दा पनि कामको बढी अनुभव छ ।

को हुन उजिर मगर ?
लामो समय देखी श्रम गरेर बाच्ने पत्रकार मध्येका एक हुन उजिर मगर । कान्तिपुर दैनिकलाई स्थापित गरेर आफु पनि स्थापित हुने पत्रकार मध्ये उजिर मगर एक हुन । कान्तिपुरलाई स्थापित गरेर नागरिक दैनिक स्थापित गर्न लागिपरेका बेला मगर नेपाल पत्रकार महासंघको महासचिव निर्वाचिन भएका हुन ।

माओवादीको जनयुद्धलाई पत्रकारको रुपमा मिहिन अध्यनन र अनुसन्धान गरेका मगर नेपालमा माओवादीलाई आन्दोलनका एक साक्षी हुन । महासंघको मौजुदा समितिको महासचिव रहेका उजिर मगर पनि यतिखेर सभापतिको रुपमा महासंघलाई नेतृत्व गर्न चुनावी मैदानमा छन् । तत्कालिन क्रान्तिकारी पत्रकार संघबाट महासचिव बनेको भए पनि मगरले यस पटक स्वतन्त्र उम्मेदवारी घोगषणा गरेका हुन । गरिखाने वर्गका पत्रकारको रुपमा स्थापित मगर आफुले जित्नै पर्ने दावी गर्छन् ।

पत्रकार महासंघको सभापति बन्ने दौडमा रहेका तीनै जनाकोले पत्रकारको हितका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । विगतदेखी नेपाल पत्रकार महासंघको निर्वाचनमा न्यूनतम पारिश्रमिक कामय गर्ने विषयले ठूलै स्थान पाउने गरेको छ । तर, धेरै पत्रकारले न्यूनतम पारिकश्रमिक पनि पाउन सकेका छैनन् । त्यसैले निर्वाचनको बेला कुनै उम्मेदवारले गरेको प्रतिवद्धता पुरा गर्लान भन्नेमा विश्वस्त हुन सक्ने अवस्था रहँदैन ।

१२ हजारभन्दा बढी पत्रकारको नेतृत्व गर्नु चानचुने कुरा होइन । त्यसैले पत्रकार महासंघका नेतृत्वले चाहने हो भने धेरै काम गर्न सक्छन् । तर, अहिलेसम्मका नेतृत्वले श्रमजिवी पत्रकारको पक्षमा काम गर्न सकेनन् या चाहेनन् उनीहरुनै जानुन् । तर, महासंघका नेतृत्वले काम नगरेको भने पक्कै हो ।

यदी पत्रकार महासंघका अहिलेसम्मका नेतृत्वले श्रमजिवी पत्रकारकै पक्षमा काम गरेको भए कुनै पत्रकार पेसाबाट विस्तापित हुनु पर्ने कुनै कारण छैन । र, पत्रकारी पेसा नै बदनाम हुनेगरी कसैले काम गर्ने पनि थिएनन् होला । तर, महासंघका अहिलेसम्मका नेतृत्वले अपेक्षाकृत काम गर्न सकेका छैनन् । यस्तै अवस्थामा पत्रकार महासंघले नयाँ नेतृत्व चुन्दै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com