काठमाडौं,२८ असार । सवारी साधान तीब्र गतिमा कुदाए साउन १ गतेदेखि दोब्बर जरिवाना तिर्नु पर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले तीब्र गतिमा कुदाए बापत जरिवाना रकम दोब्बर बनाउने भएको हो ।
यसअघि पाच सय लिदै आएको थियो भने साउन १ गतेदेखि एक हजार रुपैयाँ जरिवाना तिर्नु पर्नेछ’ यातायात व्यवस्था विभागबाट प्रत्यायोजित अधिकार प्रयोग गरेर जरिवाना बढाइएको हो ।
विभागले १३ वैशाखमा तीब्र गतिमा सवारी चलाएवापत ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म जरिवाना लिन सकिने व्यवस्थासहितको पत्र ट्राफिकलाई पठाएको थियो ।
मापसेमा पटकको आधारमा जरिवाना लिने गरिएको महाशाखाले जनाएको छ ।
ट्राफिक नियम आफ्नै लागि हो भन्ने कुरा सर्वसाधारणले पहिले बुझ्नु पर्ने नगरीय ट्राफिक महाशाखाका वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तको भनाइ छ ।
ट्राफिकले सवारी चालकसँग आवश्यक कागजपत्र नभए, निषेधित क्षेत्रमा हर्न बजाए र लेन अनुशासन पालना नगरे ५ सय रुपैयाँ जरिवाना लिँदै आएको छ । मादक पदार्थ सेवन गरी चलाउनेलाई ५ सयदेखि १५ हजार रुपैयाँसम्म लिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्