पोखरा, २८ असार । युवा नारीहरुको अन्तरनिहित क्षमता तथा प्रतिभा पस्फुटन गराउने उद्देश्यका साथ दशौं संस्करणको सौन्दर्य प्रतियोगिता “हिमा अस मिस पोखरा २०१८” हुने भएको छ ।
पोखरा जेसीसको आयोजना र हिमा अस एजुकेशन कन्सल्टेन्सिको मुख्य प्रायोजनमा दशौं संस्करणको “हिमा अस मिस पोखरा २०१८” आयोजना हुन लागेको बिहिबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।
असोज २० गने फाईनल हुने सौन्दर्य प्रतियोगिताको लागी आवेदन फर्म खुल्ला भैसकेको बताउदै प्रमाणपत्र तह उत्र्तीण गरेको र १६ देखी २४ बर्ष सम्मका अविभाहित नारीहरु प्रतियोगितामा सहभागी हुन पाउने कार्यक्रम संयोजक जेसी देबराज शर्माले बताए । उनका अनुसार साउन १९ गते प्रतियोगिताका अडिसन हुनेछ ।
प्रतियोगिताको बिजेताले ताज, स्कुटर, ५० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर सहित एक हप्ता अष्ट्रेलिया भ्रमणको अवसर प्राप्त गर्ने बताए साथै मिस पोखरा २०१८ ले मिस नेपालमा सिधै सहभागी हुन पाउने समेत शर्माले बताए ।
उनका अनुसार उपबिजेताले ताज, ३० हजार रुपैया र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन । त्यस्तै सान्त्वना स्थान हासिल गर्नेले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन ।
अन्य १० जना प्रतियोगिलाई बिद्यागत रुपमा टाईटल अवार्ड सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने शर्माले बताए । बिभिन्न चरणको अडिसनबाट छनौट भएपश्चात प्रतिस्पर्धीहरु फाईनलमा प्रबेश गर्ने बताउदै एक महिनामा आवश्यक तालिमहरु दिईने समेत शर्माले बताएका थिए । यस अघि मिस पोखरा २०१७ को उपाधी ममता जोशीले जितेकी थिईन ।
प्रतिक्रिया दिनुहोस्