काठमाडौं,२८ असार । लेखापरीक्षण विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधीसभाको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रतिनिधीसभाको बिहीबारको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उक्त प्रस्ताव पेश गर्नुभएको थियो । उक्त विधेयकमाथि सांसदहरु भरतकुमार शाह, प्रेम सुवालले धारणा राख्नुभएको थियो ।
विधेयकमाथि धारणा राख्दै अर्थमन्त्री डाक्टर खतिवडाले प्रभावकारीरुपमा लेखापरीक्षण गर्ने ध्येयका साथ सरकारले नयाँ कानूनी प्रबन्ध गरेको जानकारी दिनुभयो ।
बैठकमा चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यसूची भए पनि सहमतिका लागी भन्दै अन्तिममा हटाइएको थियो ।योजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्