काठमाडौं,२८ असार । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गण्डकी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी अध्यक्ष मोहन वैद्यले प्रदेशको नाम पहिचानविरोधी राखिएको भन्दै खारेज गर्न माग गरेका हुन ।
प्रदेशको नामांकन गर्दा वस्थिति, सामाजिक आर्थिक अवस्था, पहिचान जस्ता विषयलाई आधार बनाउनुपर्ने क्रान्तिकारी माओवादीले जनाएको छ ।
केही दिनअघि प्रदेशसभा ४ को बैठकले नाम गण्डकी राख्ने निर्णय गरेको थियो । विज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टी ४ नंं प्रदेशको नामांकनसम्बन्धी उक्त निर्णयको खारेज गरी पहिचानसमेतलाई आधार बनाई नयाँ ढंगले नामांकन गर्नका लागि सरकारसित जोडदार माग गर्दछ ।’
प्रतिक्रिया दिनुहोस्