काठमाडौं,२८ असार । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नागरिकलाई तर्साउँदै नहिड्न प्रधामनन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकको बिशेष समयमा बोल्दै गिरीले निरीह व्यक्तिमाथि तागत नदेखाउन सुझाव दिनुभएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ती जनाउनुभयो । गिरीले उपकुलपतिलाई विदेश जानबाट रोकेर सरकारले नागरिकलाई तर्साउने काम गरेको आरोप लगाउनुभयो ।
उहाले दक्षिण एसियाका शक्तिशाली प्रधानमन्त्री अहिले नेपालमा रहको भन्दै प्रधानमन्त्री ओलीले अहिले गरिमा देखाउने बेला भएको बताउनुभयो ।
उहाले प्रधानमन्त्री ओलीले नै कुलप्रसादलाई फोन गरेर उनीमाथि भएको दुव्र्यवहार सम्बन्धमा कुरा गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्