काठमाडौ, १५ असार । उदयपुरको ताप्ली गाउँपालिकाको १ र २ नम्वर वडामा एमालेको प्यानलनै विजयी भएको छ । गएराति देखि नै मतगणना सुरु भएको उदयपुरको ताप्ली गाउँपालिकाको दुई वटा वडामा मतपरिणाम सार्वजनिक भएको हो ।
१ नम्बर वडामा गोविन्दसेन ठकुरीले ४ सय ३६ मत ल्याएर वडा अध्यक्ष जित्नुभएको छ । त्यस्तै २ नम्बर वडामा धर्मध्वज राईले ३ सय २४ मत ल्याएर वडा अध्यक्ष जित्नुभएको छ । दुवै वडामा कांग्रेस किटतम प्रतिद्धन्दी रहेको थियो । प्रमुख र उपप्रमुखमा पनि एमालेकै अग्रता छ ।
प्रतिक्रिया दिनुहोस्