ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

चिनलाई दिइने एकसिङ्गे गैडाँ चितवनबाट लगियो


bhawani desk
असार २६, २०७५ मंगलबार  ६ : ३३ बजे

चितवन ,२६ असार । नेपाल सरकारले मित्र राष्ट्र चिनलाई उपहार स्वरुप दिने भनिएको एक सिङ्गे गैडाँ चितवनबाट लगिएको छ । चिनलाई दिने भनिएको २ जोडी गैडाँ मध्य पहिलो चरणमा १ जोडी गैडाँ चिन पठाउन चितवनको सौराहाबाट १ जोडी गैडाँ काठमाण्डौ लागिएको हो ।

नेपाल सरकारले २०७३ साल असार २६ गते मित्र राष्ट्र चिनलाई चितवन राष्ट्रिय निकुञ्जबाट २ जोडी एकसिङ्गे गैडाँ दिने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार पहिलो चरणमा १ जोडी गैडाँ चिन पठाउन मंगलबार चितवनको सौराहाबाट गैडाँ लगिएको छ ।

संरक्षण , प्राकृतिक प्रजनन् , अध्ययन, अनुसन्धान र संरक्षण शिक्षाको प्रवर्धन गर्न उपहार स्वरुप गैडाँ दिन लागिएको हो । चिन पठाइने गैडाँलाई काठको खोरमा राखेर ट्रक मार्फत काठमाण्डौ लगिएको र बुधवार आराम गराएर बिहिबार जहाज मार्फत चिन पठाउने तयारी रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

१ जोडी गैडाँको साथमा नेपालबाट पशु चिकित्सक र गैडाको रेखदेखको गर्ने प्राविधिक सहित ५ जना चिन जाने कार्यक्रम रहेको छ । चितवनबाट चिन पठाउन गैडाँ लैजादा सौराहाका व्यवसायीहरुले भने दु :ख प्रकट गरेका छन् । नेपालको तेस्रो पर्यटकिय गन्तव्यको रुपमा रहेको सौराहामा आउने अधिकाम्स विदेशी पर्यटक चिनको रहेको र उनीहरु एकसिङ्गे गैडा हेर्नकै लागि सौराहा आउने गरेका हुन् ।

गैडाँ हेर्ने चिनियाँ पर्यटक नेपाल आउने गरेको तर नेपाल सरकारले चिनलाई नै उपहार स्वरुप गैडाँ दिदाँ चिनबाट नेपाल आउने पर्यटकको संख्यामा कमी आउन सक्ने क्षेत्रिय होटल संघ सौराहाका प्रथम उपाध्यक्ष दिपक भट्टराईले बतार्ए

दुईदेशको सम्बन्धसँगै दुईदेशका जनताको समेत सम्बन्ध सुमधुर हुनेमा चितवनका जनप्रतिनिधी बिस्वस्त रहेका छन् । राष्ट्रकोसँगै दुईदेशका स्थानिय तह बिचको सम्बन्ध पनि प्रगाढ बनाउन सके राम्रो हुने रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताए ।

उनले नेपालको गैडाँलाई चिनमा चिडियाँखानामा राखिने हुदाँ अब गैडाँको प्राकृतिक वासस्थान हेर्नको लागि भएपनि चिनियाँ पर्यटक नेपाल आउने भन्दै पर्यटकको संख्या बृद्धी हुने विश्वास व्यक्त गरे ।

चितवनको सौराहाबाट चिन पठाउन लागिएको गैडाँहरुलाई बिदाई गर्न जिल्ला समन्वय समितीका सभापति , चितवनका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी प्रमुख , रत्ननगर नगरपालिकाका जनप्रतिनिधी , पर्यटन व्यवसायी , संरक्षणकर्मीहरुको उपस्थिति रहेको थियो ।

नेपाल सरकारले यसअघि पनि २६ वटा एकसिङ्गे गैडाँ उपहार स्वरुप भारत , अमेरिका , बेलायत , जापान , बंगलादेश , अष्ट्रिया , थाईल्याण्ड , बर्मा , पाकिस्तान लाई दिइसकेको छ । उपहार स्वरुप दिइने र्दुलभ वन्यजन्तुको उचित संरक्षण होस् र त्यसले नेपालको पर्यापर्यटनमा उल्लेखिनय योगदान पुर्याउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

बर्दियाका दुवै क्षेत्रमा रास्वपाको जित, क्षेत्र नं. १ मा ठाकुरसिंह फराकिलो मतान्तरले विजयी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

बर्दियाका दुवै क्षेत्रमा रास्वपाको जित, क्षेत्र नं. १ मा ठाकुरसिंह फराकिलो मतान्तरले विजयी

ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

ओखलढुंगामा पूर्व एआईजी विश्वराज पोखरेल ५ मतले विजयी

कांग्रेसको सिट संख्या १४ पुग्यो, पाँचथरमा नरेन्द्रकुमार केरूङ विजयी

श्रम संस्कृति पार्टीले खाता खोल्यो, खोटाङमा आरेन राई विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com