
काठमाडौं,२३ असार । नेपाली काग्रेसका महामन्त्री शशांक कोईरालाले पार्टीभित्रको गुटउपगुटले पार्टीलाई कमजोर बनाएको बताउनुभएको छ ।
सुशील कोईराला सोसलिष्ट युथ सर्कलले मंगलबार काठमाडौंमा आयोजना गरेको बर्तमान सरकारको कार्यशैली र प्रतिपक्षी काग्रेसको भूमिका बिषय गोष्ठिमा महामन्त्री कोईरालाले यस्तो बताउनुभएको हो ।
उहाले पार्टीभित्रको गुटउपगुट अन्त्य भए कुनै शक्तिले पनि काग्रेसलाई परास्त गर्न नसक्ने धारणा पनि राख्नुभयो । पार्टीलाई कमजोर बनाउन पार्टीकै केहि नेता तथा कार्यकर्ताहरु लागेको आरोप लगाउदै कोईरालाले यसलाई पार्टीले गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो ।
उहाले अन्तरघातले नै निर्वाचनमा पराजय भोगेको भन्दै पार्टीको अन्तरद्धन्दलाई अन्त्य गर्नुपर्ने जिकिर गर्नुभयो । पार्टीलाई मजवुद र एकतावद्ध ढंगले अघि बढाउन नसके नेतृत्व तहले बाटो खुल्ला गर्नुपर्ने उहाको भनाई छ ।
कोईरालाले अहिले पार्टीको भातृसंगठनमा पनि गुटउपगुट मौलाएको भन्दै यसलाई अन्त्य गर्दे एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो ।
त्यस्तै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले नेविसंघलाई गुटउपगुट अल्झाउने जोकोहिलाई पनि कारवाही गर्ने चेतावनी दिनुभयो । उहाले भातृसंगठनलाई पार्टी नेतृत्वले गम्भीर रुपमा नलिएको गुनासो गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले सरकारको अधिनायवादी शैलिको सामना गर्नका लागी पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।



















प्रतिक्रिया दिनुहोस्