ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको सपना, सुविधा सम्पन्न जीवन या पारिवारिक विर्सजनकोे बाटो ?


एबीसी न्यूज
असार २६, २०७५ मंगलबार  १ : ५५ बजे

सायद अमेरिका भनेपछि आकर्षण नहुने कोहि पनि छैनन् होला । हरेक मान्छेको सपनाको देश । बिकसित र सुबिधा सम्पन्न देश । हाम्रो जस्तो सानो र अबिकसित देशबाट अमेरिकाको सपना बुन्नु स्वभाबिक पनि त हो । मान्छेहरु अमेरिका पुग्नकै लागि बिभिन्न जोखिम मोल्न तयार छन् आज पनि । समयसगै कतिका चाहानाहरु पुरा हुन्छन् कतिका सपनाहरु सपनामात्र बन्छन ।

सानोमा मामाघरमा जाँदा हजुरआमाले भन्नुहुन्थ्यो पल्लाघरे बाबुराम अमेरिका गएकोले शहरमा घर बनायो धेरै पैसा कमायो । अहिले त सबै परिवारनै अमेरिकामा छन् । मलाइ अचम्म लाग्थ्यो । कस्तो देश होला जहाँ यति धेरै पैसाका रुख हुने, जस्ले जति टिपेपनि पाइने । म गएर पैसा टिप्न पाए चक्लेट किनेर कति खानेथिए होला । यसरी अमेरिका र त्यहाको पैसाको रुखको बिषयमा मैले कल्पना गर्थे । समय संगै म पनि ठूली भंए ।

राम्रो केटो खोजेर बिहे गर्दिने मेरो बुवाको चाहानापनि पुरा भयो । काठमाडौंमा जागिर भएको केटो, छोरी सजिलै पाल्छ भनेर उँहाहरु यतिधेरै खुसी हुनुहुन्थ्यो । लाग्थ्यो उँहाहरुको सबै सपनाको केन्द्र मनै हुँ । हुन त मेरो भाइ र म मात्र मेरा बा आमाका सन्तान थिएनौ दिदीहरुको पहिल्यै बिहे भएर पनि होला छोरीहरुको अन्तिम बिहेमा बुवाआमाहरु यतिधेरै उत्तेजित बन्नु भएको ।

म सानै थिए भर्खर एस.एल .सी. गरेर गाउमै स्कुल पढाउन शुरु गरेकी थिए । किन हो उँहाहरु आत्तिएर मेरो बिहेको तयारीमा लाग्नु भयो । काठमाडौंको जागिरे भनेपछि गाउमा पनि धेरै हल्ला भयो म र मेरो बिहेको बिषयमा । सामान्य खान लाउन हामीलाई दुख थिएन । दिदीहरु आ–आफ्नो घर गैसकेका थिए र पनि काठमाडौंको जागिरे केटो भेटिएपछि मेरो बिहे निश्चित भयो । जीवन र जिन्दगीलाई सामान्य रुपमापनि बुझ्न नपाउदै हुन लागेको आफ्नो बिहे सुनेर म आफै अलमलमा थिए । आम्मै काठमाडौं ? सायद अमेरिका त्यहांवाट नजिकै पर्न सक्छ । म भित्रको कौतुहल्ता बढेर हुरीनै चल्थ्यो ।

साथीहरुले अनेक कुरा गरेर जिस्क्याउथे काठमाडौँ र अमेरिकाको यात्रा भन्दै । घरमा बिहे पक्का भए पनि उहाँलाई मैले देखेकी थिइन । मेरो दिदीको घर नजिकैको मान्छे दिदीहरुले हेरेपछि हामीले हेर्नुनपर्ने थियो । बिहेको समय नजिकिदै थियो, बिहे हुने दिनसम्म आइपुग्दा अलि अतासिएको अनुभव भयो । मन नरमाईलो भयो, अन्तत बिहे भयो नै । बिहे पछि हामी काठमाडौं आउने दिन मेरो बुवा आमाहरु धेरै रुनु भयो । हामीलाई छोडन बसपार्क आउदा मेरो सासु ससुरा नन्दहरुले निकै अमिलो मुख बनाउनु भयो ।

मलाई पनि त्यति रमाइलो लागेको थिएन । पहिल्यै दिदिसंग एकपटक गएको काठमाडौँले मलाई कति आफ्नो पन देला ? मेरो मनले आफैलाई प्रश्न गरिरहेको थियो । बसपार्कबाट बिदा गर्दा अब मेनुकाको जिम्मा तपाइको भनेर बुवाले उहाँंलाई अंगालो मारेर रुनु भयो । यसरी हामी काठमाडौं आयौ । काठमाडौं आएपछि उँहा अफिस जानुहुन्थ्यो म घरमा नै बस्थे । मैले सोचेभन्दा निकै सहज पाए उहाँलाई । चार पाँंच महिना पछि एकदिन उहाँले नै कुरा निकाल्नु भयो मेनुका पढाइ शुरु गर । मैले पढाइ सुरु गरे । उहाँको साथीको स्कुल रहेछ पढाउन पनि सुरु गरे । बिदाको दिन हामी घुम्न जान्थ्यौँ ।

कहिले साथीभाई घरमै बोलाउथ्यौँ । निकै सहज रुपमा जीवनले बाटो लियो । समय बितेको पत्तै नहुने रहेछ काठमाडौं बस्दा नै दुइ छोराछोरी जन्मे । छोरी जन्मेको दिन उहाँले साथीभाइ सबैलाई आफैले बनाएर घरमै मःम पाटी दिनुभयो । हामी बिचको माया र सम्वन्ध देखेर सबै चकित हुन्थे । कति भाग्यमानी मेनुका भन्दै मेरो प्रसंसा हुन्थ्यो ।

कहिल्यै पनि अमेरिकाको कुरा उहाँले गर्नुहुंदैनथ्यो । कहिलेकाही म भित्रको अमेरिका प्रतिको सुसुप्त चाहाना बाहिर ल्याउन खोज्थे तर अमेरिकामा पैसा टिप्ने रुखनै हुन्छन भन्ने मानसिकता भने हटिसकेको थियो । यसै बिचमा हामीले काठमाडौंमा एउटा घडेरी पनि किनियो । मलाइ कुनै दुख थिएन बच्चाहरु स्कुल जान्थे मैले कुनै जागिर गरेकी थिइन बच्चाहरु भएपछि रेखदेखमा नै दिन बितेका थिए । बिदाको दिन उहाँले आफै पकाएर बिभिन्न परिकार खुवाउनु हुन्थ्यो ।

एक दिन अफिसबाट आउदा मलाई भन्नुभयो मेनुका आज मैले अमेरिकाको डिभी भरेर आएनी । म चकित भए । एकपटक चर्चा नभएको बिषयमा उहाँको चाहाना देखेर म भित्रको सुसुप्त चाहानाले डीसी र क्यालीफोर्नियाको पुरा भ्रमण गर्न थाल्यो । रुखमा पैसा फल्छन भन्ने बाल मानसिकताबाट माथि उठेर काम गरेपछि पैसा जति पनि छ भन्नेमा पुगेकी मलाई, मात्र भरे भनेको डीभीले सिंगो अमेरिका घुमाउदा सायद मध्यरात भैसकेको थियो । छोराछोरी, माया गर्ने श्रीमान र अमेरिकाको डलरले मलाई निद्रा पर्न निकै गाह्रो भयो । सामान्य चिठ्ठा समेत नपरेका हामीलाई साँच्चै डीभी पर्याे ।

अव हामी अमेरिका जानेनै भयौ । डीभी भरिसकेका यी महिनाहरुमानै मैले सबै मानसिकता अमेरिकाको बनाइसकेकी थिए । डीभी परेर जाने निश्चित भएपछि मैले आमालाई फोन गरे । आमा मेरो कुराले फोनमै रुनु भयो । छोरी अब सातसमुन्द्र पारी जानेभै भनेर । त्यतिबेलै बुवाले फोन लिएर हामी पनि आउन मिल्छ मेरी मेनुका अव काठमाडौंबाट अमेरिका जाने भै भनेर खुशी हुनु भयो ।

साँच्चै हामी अमेरिका जाने दिनपनि आयो । गाउबाट हामीलाई बिदाइ गर्न बुवा आमा ,सासु ससुरा सबै आउनु भयो । काठमाडौं अनौठो लाग्ने परिवेशमा हुर्किएकी मलाई अमेरिका पठाउन आउदा मेरा बा –आमाको आँखामा खुसी र चिन्ताका बादलहरु बराबरनै मडारिइरहेका थिए । हामीलाई बिदाइ गर्दा फेरि दोस्रोपटक मेरो बा ले मेनुकाको अव झनै वढी जिम्मेवारी तपाइको काँधमा ज्वाइ साप भन्दै नाती नातीनालाई काख समाउदा सबैका आँखा रसाएको प्रष्ट देखिन्थ्यो ।

साँच्चै हामी जहाज चढ्र्यौ । सपना देख्नु र पुरा हुनुमा पक्कै पनि फरक छ । अमेरिकाको लामो सफरमा मैले सिगो जीवन नियाले त्यहाँ भन्दा बढी खुसीको अपेक्षा गरे नपुग्ने त केही थिएन । बच्चाहरु छन् । माया गर्ने श्रीमान, पैसाको पनि खासै समस्या हुनदिनु भएन उहाँले । पटक्कै आँखा लाउन सकेन । बच्चाहरुलाई एसीको चिसो हुन्छ भनेर उहाँले कपडा ओडाइदिनु भो, हामी अमेरिका पुग्र्यौ ।
सपनाको देश, सुबिधा सम्पन्न देश सायद जहाज बाट ओर्लिदा मेरा खुट्टा कापीरहेका थिए । खै किन हो मलाई खुसी संगै डर पनि लागिरहेको थियो । अमेरिका जस्तो ठाउँमा सेटल हुने कुराले मन खाइरहेको थियो । तर पहिले अलि गाह्रो भए पनि हामी सजिलै एडजस्ट भयौ । बच्चाहरुलाई स्कुल भर्ना गरियो । उहाँले काम गर्न थाल्नु भयो ।

पहिलो महिनाको तलब बुझेर घरमा आउँदा उहाँले मेरो हातमा पैसा राख्दै भन्नुभयो अमेरिका र नेपालको फरक यहि हो मेनुका । म पनि निकै एक्साइटेड बनेकी थिए । हामी निकै खुसी थियौ त्यहा पनि । बिदामा साथीभाइ बोलाउने उहाँको स्वभाव त्यहाँ गए पनि बदलिएको थिएन असाध्यै रमाइलो गर्नुपर्ने समय बित्दै थियो एकदिन उहाँलेनै यहां बस्न भन्दा काम गर्नुपर्छ मेनुका भनेर एउटा स्टोरमा काम लगाइदिनु भयो । अव म पनि काम गर्न जान लागे । साथीभाइसंग भेटघाट र गफगाफ हुन थाल्यो । महिना बिते पछि मैलेपनि तलब बुझेँ, मेरो र उहाँको तलब बरावर थियो ।

साँच्चै जीवनले कोल्टो फेर्न समय नलाग्ने रहेछ । खै किन हो काठमाडौंकी मास्टर्नी मेनुकालाई अव भान्सामा भात पकाउने रहर मरिसकेको थियो । शिव भगवानको कसम खाएर श्रीमानको लागि ब्रत बस्ने मेनुकालाई अव कुनै जाँगर पनि थिएन पुजा–पाठमा । यो नेपाल हैन यहाँ महिलाहरुलेपनि पुरुषकै जति कमाइ गर्न सक्छन ।

स्वतन्त्र रुपमा बाँच्न सक्छन् । स्वतन्त्रताको सिढी चढ्दै जाँदा काठमाडौंकी मास्टर्नी मेनुका अमेरिका पुगेर कतिबेला मनु बनि थाहै भएन । महिला स्वतन्त्रता , मुक्ति र समानताको भोकले होला धेरै अनुभव र अनुभुतिहरुले जीवनको गहिराइसम्म छुदै जाँदा मात्र साँच्चै जीवन के हो भनेर म अतासिए । अमेरिकामा चुनाबको लहर चलेको थियो । काठमाडौंकी मास्टर्नी अमेरिकामा अंग्रेजी खर्रै फलाक्न सक्ने भैसकेकी थिइ । पत्रपत्रिका हेरेर स्टोरमा कामगर्ने र साथीभाइसंग छलफल पनि गर्ने गरिन्थ्यो । अनेक अल्पविकसित देशका मान्छेहरु कामकोलागि अमेरिका आएर स्वतन्त्रताको राम्रै अनुभव गरेका थिए । हामी नेपाली के कम ।

पतिको थर राख्नु परेकोमा स्वतन्त्रताको खिस्सी उडाए जस्तो लागेर थरै फेर्ने अवस्थामा पुगिरहेकै समय अमेरिकी चुनाबका दुइ हस्ती डोनाल्ड र हिलारी क्लिन्टनको ठूलै चर्चा भयो । हिलारी किलिन्टनले पतिको थर राखेकोमा निकै दया लाग्यो । यतिधेरै अधिकार सम्पन्न देशमा पनि महिलाहरु माथि चरम दमन रैछ । स्वतन्त्ररुपमा बाँच्नपाउने अधिकारलाई यहाँपनि पतिको थर सग जोडेर महिला माथि हिंसा गरिदो रहेछ । मनमा अनेक कुराहरु सल्वलाउन थाले । हैन अव कुरा उठाउनु पर्छ यस्तो पनि हुन्छ ? मनमा हुंडरी मच्चियो । सोचे हैन विल किलिन्टन र हिलारी पनि त संगै छन । उनीहरु त निकै खुसीछन् त फेरि हामी ?  मैले सिगाें स्वतन्त्रता नियाले आफैले उपयोग गरेको स्वतन्त्रताले आफैलाई पसिना पसिना बनायो ।

साँच्चै खुसी के हो त । स्वतन्त्रता के हो ? अनि समानता केहो ? स्वतन्त्रताको नसा चढ्दै गएपछि हामी एक–अर्कालाई सम्मान गर्न समेत छोडिसकेको अवस्थामा कुन स्वतन्त्रताको उपयोग गर्दैछौ हामी ? त्यो रात मलाई निद्रा पनि परेन । हाम्रा ओछ्यानहरु अलग भएको धेरै समय भैसकेको थियो ।

पैसा सम्पन्नता स्वतन्त्रता र आधुनिकताको प्रयोगले के साँच्चै हाम्रो खुसी लुटीएकै हो ? मैले विगत नियाले हरेक कुरा एकअर्कामा नभनी रहन नसक्ने आदत परिसकेका हामी कति बेला एक्ला–एक्लै हुन सिकियो दुवैजनालाई थाहा भएन । बाथरुम गएर पानीमा भिज्न मन लाग्यो, चिच्याएर रुन मन लाग्यो , अनलाइन च्याट मार्फत भेटेको बुरुन्डीको केटासंग गएकी छोरी दुइवर्ष भयो हामीसंग नआएको । छोरा दिनदाहाडै चुरोटको नसामा भएपनि आफ्नो गुजारा गरेकै छ ।

साँच्चै कहाँ गयो त्यो भावनात्मक सम्वन्ध ? कहां अन्त भयो आफ्नो पन ?  के पैसा र सम्पन्नताले भावनात्मक सम्बन्ध किन्न सकिन्छ । मलाई छाँगाबाट खसेको भान भयो । त्यतिधेरै माया गर्ने श्रीमान मेरा बच्चा बच्चीहरु ? कुन स्वतन्त्रताको अनुभुति हो यो जो आफैलाइ भित्र–भित्र खाइरहेको छ ? के समानताको प्रयोग हो यो जहाँ कुनै रस छैन नढाँंटी भन्नुपर्दा बाँच्नुको कुनै मज्जा छैन ।

साँच्चै अमेरिकामा बस्ने मनुले हैन जीवन जीउने कुरामा काठमाडौंकी मेनुकालेनै ह्रयाट्रिक मारी । स्वतन्त्रताको उपयोग गरी, जीवन बुझी अनि जिन्दगी नियाली । यो स्वतन्त्रताको बोझ आज पनि चुरोटको धुवांसंगै उडिरहेको छ । पैसाले हैन माया आफ्नोपन र भावनाले दिन्छ । मान्छेसंग पैसा नभएपनि खुसी रहन सक्छ भावनात्मक सम्वन्ध बलियो बन्यो भने । उसमा उर्जा आउछ उ संधै बलिरहन्छ तेज बत्ति जस्तै । तर जव पैसाले स्वतन्त्रता किनेर सम्पन्नताको रवाफमा चल्न थाल्छ दुनिया सांच्चै सुकिला कपडा भित्रको मैलो पखाल्न नसकेर उ निकै छट्पटिएको हुन्छ , जिउदै समाप्त भएको हुन्छ । त्यसैले आज सोच्छु स्वतन्त्रतालाई मैले बुझ्न सकिन या स्वतन्त्रताले मलाई बुझ्न सकेन । चुरोटको धुवाँसंगै स्वतन्त्रताका यी प्रश्नहरु र मैले उपयोग गरेका जिन्दगीका चामहरु भन्दा पैसा बिहिन भावनामा रमाएका ति क्षणहरुमा म धेरै धनी थिए , सम्पन्न थिए । समयको अभावमा एक अर्कालाई बिर्सिएर लिएको स्वतन्त्रताको तितो स्वादले जीवननै निरस र बिसर्जन पुर्ण भएको महशुस गरें मैले ।

किन किन आजको समाजले लिदै गरेको गति देखेर वाक्क लाग्न थाल्यो । धर्म संस्कृतिलाई अनुशासनको धरोहर भनेर बिर्सिदै जाँदा जिन्दगीले सोधेका तमाम प्रश्नहरुको उत्तर दिन नसकेर आज पनि म लाचार बनेकी छु । अमेरिका मेरो सपनाको शहर थियो, मेरो लुकेको रहर थियो तर यहि शहरको रहरले मलाई बिर्सनै नसक्ने कहर दियो । सोच्दैछु बुझ्न मैले सकिन या दोषी यहि शहर थियो ? स्वतन्त्रता ,सम्पन्नता र अधिकार उपभोग गरेर रित्तोपन बोकाइरहेको यो पल के मेरो लागि यस शहरको ठहर थियो ? त्यसैले लाग्छ आजको समाज स्वतन्त्रता उपभोग गर्ने बहानामा आफुभित्र रित्तो हुदैछ ।

चाहे अमेरिका होस चाहे नेपाल । समाज सामाजिक संरचना परिवार र आफुले आफुलाई बुझ्नेहरु जहिले पनि स्वतन्त्र छन् हरेक कुरामा खुसी छन । जहाँ सम्पन्नता र पैसाले मानबिय संबेदनाको खरिदबिक्रि हुन थाल्छ त्यहा साँच्चै खुसीको गला रेटिएकै हुनेरहे छ । जव आफ्नो खुसी रेटिएको थाहा पाउछ मान्छेले त्यतिबेला धेरै ढीला भैसकेको हुनेरहे छ ।

आफु आफ्नो सोच र आफ्नोपन बाट नै हरेक खुुसी हरेक स्वतन्त्रताको उपभोग गर्न सक्छ मान्छे । त्यसैले आफुले आफुलाई बुझेर आफ्नो पन बचाइ राख्न सक्नेहरुमात्र स्वतन्त्र र सदा सदा खुसी रहन सक्ने रहेछन । लाग्यो स्वतन्त्रता भन्दा पनि खुसी बलियो छ खुसीको लागी भावनात्मक संवेदनाको खांचो छ जहां स्वतन्त्रताको बहानामा हरेक कुराको खरिदबिक्री सुरुहुन थाल्ने रहेछ त्यहाँ त केही पनि रहने सम्भावनानै हुनेरहेन्छ । कुरा सोच र बिचारको रै छ , अनुशासन र अनुशरणको रै छ त्यसैले त सोच्छु अमेरिका हाम्रो सपनाको शहर थियो या विर्सजनको बाटो ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com