नयाँदिल्ली, २५ असार । दुई ठूलो वाम विद्यार्थी संगठनको एकीकरण प्रक्रिया अघि बढेसँगै भारतको नयाँ दिल्लीमा क्रियाशील दुवै संगठनको संयुक्त वैठक अखिल (क्रान्तिकारी) उपाध्यक्ष दिपेश पुनको उपस्थितिमा सम्पन्न भएको छ।
बैठकले दुई विद्दार्थी संगठनबीच आपसी वैचारिक भावनात्मक एकता तथा हरेक भेला बैठकहरु संयुक्त रुपले गर्दै भारतको दिल्लीमा रहेका सबै विद्यार्थीहरु गोलबन्द गर्दै नेपालको वामपन्थी एकता र वाम सरकारको बारेमा सकारात्मक सन्देश र प्रचार गर्ने निर्णय गरेको छ।
बैठकलाई संवोधन गर्दै दिपेश पुनले नेपालमा दुवै वाम एकताको आवथ्यकता, वाम सरकार र दुवै संगठनबीच भैरहेको एकता प्रक्रिया बारेमा जानकारी गराएका थिए । बैठकमा अखिल (क्रान्तिकारी) दिल्लीका अध्यक्ष मदन बस्नेत र अनेरास्ववियू दिल्लीका सचिव सन्देश केसीले आआफ्नो संगठनको स्थिति र संगठन एकतामा ध्यान दिनुपर्ने विषयहरुको बारेमा संयुक्त बैठकलाई जानकारी गरेका थिए ।
अनेरास्यवियूका समिर कुमालले सञ्चालन गरेको कार्यक्रममा दिपेश पुनले प्रशिक्षण समेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्