ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस आधिकारिकता विवाद न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा पेसी


एबीसी न्यूज
बैशाख ३, २०८३ बिहीबार   ११ : ५०   बजे

काठमाडौं, ३ वैशाख ।नेपाली कांग्रेसको आधिकारिकता विवाद न्यायाधीशद्वय शारंंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवाका तर्फबाट दायर भएका दुई निवेदन पहिलो नम्बरमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

देउवाका तर्फबाट दायर दुई निवेदनमाथि सुनुवाइ हुँदै छन् । २६ चैतमा शेरबहादुर देउवा पक्षले नियमित महाधिवेशनको कार्यसूची रोक्न माग गर्दै पूरक निवेदन दिएको थियो । यसअघि नै दर्ता भएको रिटलाई पनि साथै राखेर हेरिनुपर्ने माग देउवा पक्षको थियो । सर्वोच्चले एकतर्फी रूपमा अन्तरिम आदेश जारी नहुने भन्दै २७ चैतमा दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

४ माघ २०८२ मा गगन थापालाई पार्टीको आधिकारिकता दिने निर्णयविरुद्ध रिट दायर भएको थियो । पार्टीको आधिकारिकतासम्बन्धी विवाद नटुंगिदासम्म १५औं महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न पछिल्लो रिटमा माग गरिएको छ ।

सभापति गगन थापा पक्षले महाधिवेशनको तयारी गर्न थालेपछि त्यसलाई रोक्न देउवा पक्षले माग गरेका थिए ।

यसअघिको रिटमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सभापति देउवाको असहमतिका बीच विशेष महाधिवेशन गरेर अस‌ंवैधानिक रुपमा नेतृत्व चयन गरिएको दाबी गर्दै नयाँ कार्यसमितिलाई मान्यता दिन नहुने र निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने माग गरेका थिए । तर, सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै छलफलमा मात्र बोलाएको थियो ।

६ माघमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अग्राधिकार दिएको थियो । त्यसपछि १ चैतमा तोकिएको पेसी हेर्न नभ्याइने हुँदै स्थगित भयो भने २२ चैतमा अदालतकै तर्फबाट स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

नेकपाले संसद्‌मा भन्यो– सीमाका विषयमा नेपाली यसरी कहिल्यै विभाजित भएका थिएनौं

खुश्बुले बलात्कार र ज्यान मार्ने धम्की आयो भनेलगत्तै गृहमन्त्रीले गरे छलफल

बालेनलाई बादलको प्रश्नः राष्ट्रिय आत्मसमर्पण हो कि ? राष्ट्र स्वाभिमान ?

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group