ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाशीलाका कृषकलाई विद्युतीय मिल वितरण


bhawani desk

 पर्वत, २४ असार । कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले पर्वतको महाशीला गाउँपालिकाले कृषकलाई विद्युत्बाट सञ्चालन हुने मिल वितरण गरेको छ ।

थोरै समय र थोरै लागतमा धेरै अन्नपात कुटनीपिसानी गर्न सकिने मिल वितरण गरिएको हो । गाउँपालिकाले स्थानीय कृषक समूहहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा उक्त मिल उपलब्ध गराएको हो ।

धान कुट्न, कोदो, मकै, जौ, फापर, गहुँजस्ता खाद्यान्न बाली पिस्नका लागि प्रयोगमा ल्याउन सकिने उक्त मिलप्रति पछिल्लो समय ग्रामीण क्षेत्रका बासिन्दाको आकर्षणसमेत बढ्दै गएको छ ।

गाउँगाउँमा विद्युत् विस्तार भएसँगै डिजेलबाट सञ्चालन हुने मिल भने पूर्णरुपमा विस्थापित भएका छन् । घरको पिँढीमै राखेर कुटनीपिसानी गर्न सकिने उक्त मिल यस वर्ष महाशीलाले १२ वटा वितरण गरेको छ ।

अहिले उक्त मिलको बजार मूल्य प्रतिगोटा रु ३८ हजार रहेकामा ढुवानी खर्चसहित कृषकलाई रु १९ हजारमा उपलब्ध गराइएको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।

उक्त गाउँपालिकाले यसअघि ५० प्रतिशत अनुदानमा कृषकलाई मिनिपावरटिलर (यान्त्रिक हलो) पनि वितरण गरेको थियो । चालु आर्थिक वर्षको बजेटले गाउँपालिकाका छवटै वडाका बासिन्दा लाभान्वित हुने गरी २४ वटा मिनिपावरटिल वितरण गरेको थियो ।

मोदीको बजेट झण्डै साढे ३६ करोड 

पर्वतको मोदी गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आगामी आर्थिक वर्ष ०७५÷०७६ का लागि रु ३६ करोड ३५ लाख ५० हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गत आवमाभन्दा झण्डै रु एक करोड कमको बजेट सार्वजनिक गरेको हो । जसमध्ये चालुतर्फ रु तीन करोड ७४ लाख बजेट विनियोजन गरिएको छ भने पूँजीगततर्फ रु ११ करोड २२ लाख २५ हजार विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com