ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

बाढी पहिरोबाट क्षतिग्रस्त चन्द्रनहर निर्माणकार्य सम्पन्न


bhawani desk
असार २३, २०७५ शनिबार  ५ : ०८ बजे

सप्तरी, २३ असार । गत साउन महिनाको अन्तिम सातामा आएको भीषण बाढी र पहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएका चन्द्रनहर सिँचाइ प्रणाली(आयोजना) को मर्मत एवं निर्माण कार्य सम्पन्न भएको छ ।

रु २० करोडको लागतमा सो नहरको मर्मत एवं निर्माण कार्य सम्पन्न भएको छ । नेपालको सबैभन्दा पुरानो नहरको मर्मत कार्य सम्पन्न भएपछि किसानलाई खेतीका लागि पानी उपलब्ध गराइएको छ ।

सो नहरबाट सिचाई भएपछि धान रोपाइँ शुरु भएको छ । कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय सप्तरी राजविराजद्वारा क्षतिग्रस्त चन्द्रनहरसहित पम्प नहर प्रणाली तथा वितरण नहर प्रणाली समेतको मर्मत तथा भौतिक पूर्वाधारको निर्माण गरिएको प्रमुख प्रशुन मिश्रले जानकारी दिनुभयो ।

गत साउनमा आएको बाढीले चन्द्रनहर, वितरण नहर र पम्प नहरमा तोडफोड गरी रु ४३ करोड बराबरको क्षति पु¥याएको थियो । जसकारण मुख्य तथा सहायक नहर एवं हेडवक्र्स क्षतिग्रस्त, बालुवा तथा माटो नहरमा पुरिएको, लाइनिङ टुटफूट भएको, प्लान्ट, जेनेरेटर, पाइप तथा मेसिनरी सामग्री र अन्य भौतिक पूर्वाधार पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।

तोडफोड र क्षतिग्रस्तका कारण किसानलाई खेतीका लागि पानी समेत उपलब्ध गराउन नसक्दा किसान चिन्तित हुनुका साथै तत्काल मर्मत गर्न पटक÷पटक आग्रह गर्दै आएको थियो ।

क्षतिग्रस्त नहरको मर्मत सम्भार तथा भौतिक पूर्वाधारको निर्माण कार्यलाई गुणस्तर तथा प्रभावकारी बनाउन स्थानीय प्रशासन र उपभोक्ताबाट अनुगमन निरीक्षण समेत गरिएको छ ।

निरीक्षणको क्रममा नहर निर्माण गर्दा बालुवा, सिमेन्ट र रडको प्रयोग मापदण्ड अनुसार भएको सो कार्यालयका सूचना अधिकारी रमन साहले बताउनुभयो ।

९५ वर्ष अगाडि विस १९८० मा तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा निर्माण भएको सो नहर नेपालको सबैभन्दा पुरानो नहरको रुपमा रहेको छ । तर लामो समयदेखि सरकारी ढिलासुस्ती, राजनीतिक अस्थिरता र बजेट अभावका कारण पूर्णरुपमा दीगो विकास हुन नसकेको चन्द्रनहरलगायत तीनवटै प्रणालीको विगत तीन वर्षमा धेरै सुधार भएको कडरियाका इन्जिनियर शतिस झाको भनाइ छ ।

सप्तरीमा ७० हजार हेक्टर जमीनमा धानखेती हँुदै आएकोमध्ये ३५ हजार हेक्टर जमीनमा चन्द्र नहरको तीन वटै प्रणालीबाट सिँचाइ सुविधा पुर¥याउँदै आएको सूचना अधिकारी साहको दाबी छ ।

कार्यालयका अनुसार चन्द्रनहर प्रणालीबाट १० हजार ५०० हेक्टर जमीन, पम्प नहर प्रणालीबाट १३ हजार हेक्टर जमीन र वितरण नहर प्रणालीबाट ११ हजार हेक्टर गरी कूल ३४ हजार ५०० हेक्टर जमीनमा सिचाइ हँुदै आएको छ ।

हाल चन्द्रनहरबाट बाह्रैमहिना किसानलाई सिँचाइ उपलब्ध गराइएको छ भने अन्य नहर प्रणालीबाट वर्षको दुई पटक पानी उपलब्ध गराइएको छ ।

कार्यालयबाट प्राप्त विवरण अनुसार पम्प नहर प्रणाली अन्तर्गत पम्प हाउस ‘वी’ को तल मुख्य नहर क्यानलमा रु एक करोड ८९ लाखको लागतमा पक्की लाइनिङ, माटो भराइ, रिटेनिङवाल, आउटफल तथा बालुवा सफाइ गरिएको छ ।

त्यस्तै क्षतिग्रस्त मूल नहरको घोरदह, मुतनी, खोला नहर, कजरा, सितबाही, भक्राहा मूलनहरसहित ५ नं र शाखा, मलेठ नहर चौक, आर्मी माइनर, डि जिरो शाखा, सिगयोन माइनर शाखा, विहारपुर माइनर शाखालगायतका अन्य विभिन्न नहर तथा उपनहर शाखाको बैंक मर्मत, आरसिसी पक्की लाइनिङ, कल्भर्ट निर्माण बालुवा सफाइ, माटो ग्राभेल, हेडवक्र्स मर्मत लगायतका कार्य गरिएको छ ।

गत साउनमा आएको बाढीबाट क्षतिग्रस्त नहरको मर्मतका लागि यही वैंशाख १७ गते रु पाँच करोड मात्र अपुग रकम सिँचाइ मन्त्रालयले उपलब्ध गाएको थियो । तर क्षति रु ४३ करोड बराबर भएकोले बजेट अभावको बाबजुद आन्तरिक स्रोतबाट क्षतिग्रस्त पूर्वाधारको मर्मत गरिएको त्यहाँका प्राविधिकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मतगणना जारी रहँदा रास्वपाको प्रारम्भिक अग्रता ३५, कांग्रेस: ४, एमाले: ३ नेकपा: १ स्थानमा

प्रारम्भिक मत गणनामा रास्वपाको मजबुत अग्रता – काठमाडौंका अधिकांश क्षेत्रमा नेतृत्व

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com