ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली एक युवकको साउदीमा करेन्ट लागेर मृत्यु


bhawani desk

रोल्पा, २२ असार । स्वेदशमा रोजगारीका सम्भावना नभएपछि विदेश जान बाध्य ठूलो संख्याका रोल्पाली युवा हरेक वर्ष लास बनेर रातो बाकसमा नेपाल फर्कने गरेका छन् ।

पछिल्लो पटक साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पाका एक युवाले हृदयविदारक मृत्युवरण गरेको पारिवारिक स्रोतले जनाएको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका–१, कुरेलीका २३ वर्षीय युवा रामचन्द्र पुनको गत असार १८ गते भएको मृत्युले विदेशमा काम गर्ने रोल्पालीको जोखिम झनै प्रष्टयाएको छ । विदेश जाने युवाको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन ।

आव ०७२÷०७३ मा वैदेशिक रोजगारीमा गएका छ हजार ८५७ रोल्पालीमध्ये २२ जनाले खाडी मुलुकमा ज्यान गुमाएका थिए । यसैगरी, आव ०७३÷०७४ मा खाडी गएका चार हजार २३६ मध्ये १९ जनाको मृत्यु भएको थियो । चालू आवमा समेत मृत्यु ठूलो संख्याका रोल्पाली युवाले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएको बताइएको छ ।

यसरी विदेश जान बाध्य रोल्पालीमध्ये अधिकांशले अदक्ष श्रमिकको रुपमा जोखिमपूर्ण काम गर्दै आएका छन् । जोखिमपूर्ण कामकै सिलसिलामा हरेक वर्ष ठूलो संख्याका रोल्पालीको मृत्यु, घाइते र अंगभंग भएर स्वदेश फर्किने गरेका छन् ।

यसरी विदेशिनेमध्ये अधिकांश १८ वर्षदेखि ३० वर्ष उमेर समूहका युवा रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी विदेश जानेमध्ये १५ प्रतिशत महिला रहेको बताइएको छ ।

शुरुवातमा पुरुष मात्र विदेश जाने गरेकोमा पछिल्ला दिनमा महिलासमेत विदेश जान थालेका छन् । घरमा कमाइ गर्ने पुरुष नभएका परिवारबाट महिलासमेत विदेश गएर काम गर्न बाध्य हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com