
काठमाडौँ, २२ असार । मानवअधिकारको संस्थागत संरक्षणका लागि प्रहरीले मानवअधिकार शाखाको स्थापना गरी काम गर्दै आएको छ ।
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागद्वारा आयोजित ‘मानवअधिकार संरक्षण प्रवद्र्धनमा नेपाल प्रहरी’ विषयको कार्यशाला गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त कुरा बताउनुभएको हो ।
नेपाल प्रहरीले मानवअधिकार संरक्षण र संबद्र्धन गर्ने कार्यमा समन्वयात्मक भूमिका निर्वाह गर्दै समेत स्पष्ट पार्नुभयो ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मानवअधिकारका लागि आधारभूत कानून निर्माण, परिवर्तन र व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो । पूर्वमहान्यायाधिवक्ता प्रा डा युवराज संग्रौलाले ‘प्रहरी व्यवहार तथा यातनाः नागरिक दृष्टिमा नेपाल प्रहरी’ तथा अधिवक्ता सुभाष आचार्यले ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४’ बारे प्रस्तुतीकरण दिनुभएको थियो ।



















प्रतिक्रिया दिनुहोस्