ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इनरुवामा सञ्जाल निर्माणसंगै कालोपत्र गर्ने कार्यमा जोड


bhawani desk

इटहरी, २१ असार । सुनसरी जिल्लाको सदरमुकाम इनरुवालाई साँच्चिकै मानव बस्नयोग्य सफा र सु्न्दर शहरमा रुपान्तरण गर्न इनरुवा नगरपालिकाले सडक सञ्जाल निर्माणसँगै त्यसलाई कालोपत्र गर्ने कार्यलाई जोड दिँदै आएको छ ।

निर्वाचित पदाधिकारी आउनुअघि उराठलाग्दो अवस्थामा रहेको सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा प्रमुख राजन मेहताको नेतृत्वमा निर्वाचित पदाधिकारी आएपछि नेपाल सरकारको शहरी विकास मन्त्रालयको रु दुई अर्बको लगानीमा नगरपालिकाको प्राथमिकतामा परेका १२ वटा शहरी सडक कालोपत्रे गर्दै शहरको स्तरान्नति गर्ने कार्य भइरहेको छ ।

इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको सक्रियतामा यो वर्ष सबैभन्दा उच्च प्राथमिकता दिई जिल्ला समन्वय समितिको कार्यालय अगाडिदेखि जिल्ला अदालत हुँदै पूर्वपश्चिम राजमार्गको सखुवागाछीसम्मको दुई किलोमिटर सडक साँच्चिकै हेर्न लायक हुने गरी स्तरोन्नतिसँगै कालोपत्रे र चौडा गरिएको छ ।

मन्त्रालयको रु ३५ करोडको लागतमा दुवैतर्फ सडक पेटी पक्की ढलसहित ५२ फिट चौडा रहेको उक्त कालोपत्रे सडक निर्माणले जिल्लाको सदरमुकाम इनरुवाको मुहार नै फेरिदिएको स्थानीयवासीले खुशी व्यक्त गरिरहेको पाइएको छ । सडक स्तरोन्नतिसँगै ढल फुटपाथसमेत फराकिलो कालोपत्रे सडक निर्माणले उक्त क्षेत्रका स्थानीयवासीमा खुशियाली ल्याएको स्थानीयको भनाइ रहेको छ ।

विकास त यस्तो पो हुुनुपर्छ भन्ने गरी ‘आहा इनरुवा ! ’ भन्ने गरी शहरी विकास मन्त्रालयको सहयोगमा प्राप्त रकमबाट आफूले नगरवासीको चाहना र आवश्यकता हेरी नगरवासीकै पहिचानका आधारलाई प्राथमिकतामा पारेर आफूले सडक स्तरोन्नतिसँगै ढल निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको प्रमुख राजन मेहताले जानकारी दिनुभयो ।

गाउँ नै गाउँ धेरै भएको सदरमुकामको नगरपालिका भएकाले धेरै काम गर्न बाँकी रहेको र नगरवासीलाई आवश्यक सुविधा उपलब्ध गराउन थुपै्र काम गर्नु पर्ने भएकाले विकास निर्माणको चापको उरुङ रहेको भएपनि पहिलो वर्ष प्राथमिकताका आधारमा सडकको स्तरोन्नतिसँगै सदरमुकामलाई साँच्चिकै हेर्न लायक बनाउने कार्य भइरहेको पनि प्रमुख मेहताले दाबी गर्नुभयो ।

उहाँले शहरी विकास मन्त्रालयद्वारा प्राप्त रकम सदुपयोग गर्दैै नगरवासीका आवश्यकता र चाहनालाई मध्यनजर गर्दै नगरको मुख्य क्षेत्रमा यो सडकसँगै अरु १२ वटा सडक, ढल र पेटीसहित कालोपत्रे गर्ने कामलाई यो वर्ष तीव्रता दिइएको पनि प्रमुख मेहताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com