ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीमसेन थापा स्मृति पुरस्कार बेलायती डा जोन हेल्पटनलाई


bhawani desk
असार २१, २०७५ बिहीबार   १० : ३०   बजे

काठमाडौं ,२१ असार। राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार बेलायती इतिहासकार डा जोन हेल्पटनलाई प्रदान गर्ने निर्णय गरेको छ ।

उहाँलाई रु ५१ हजार १११ राशिको सो पुरस्कारबाट नेपालको इतिहासबारे गहन अध्ययन, अनुसन्धान तथा लेखनमा विशिष्ट योगदान पु¥याई नेपालको इतिहासलाई विश्वको सामुन्ने प्रस्तुत गर्नुभएकोमा पुरस्कृत गर्न लागिएको हो ।

आउँदो साउन ९ गते काठमाडौँमा आयोजना हुने भीमसेन थापाको २४३ औँ स्मृति दिवस विशेष समारोहमा डा हेल्पटनलाई पुरस्कारका साथै ताम्रपत्रद्वारा सम्मानित गरिने प्रतिष्ठानले बुधबार जनाएको छ ।

डा हेल्पटनले नेपालको इतिहासका विविध पक्षबारे गहन अध्ययन गरी धेरै पुस्तक र अनेकौँ अनुसन्धानात्मक लेख लेख्नुभएको बताइएको छ ।

उक्त पुरस्कारका लागि विज्ञहरुको चयन समितिको सिफारिसका आधारमा प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा हालै बसेको प्रतिष्ठानको बैठकले अनुमोदन गरेको हो ।

विगत दुई दशकदेखि क्रियाशील यस प्रतिष्ठानले इतिहासका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group