ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालको शवगृहको गन्धले वातावरण प्रदूषित


एबीसी न्यूज

फलेवास, पर्वत, २० असार।  जिल्ला अस्पताल पर्वतमा रहेको शवगृह व्यवस्थित बन्न नसक्दा अस्पताल परिसर मात्रै होइन शवगृह आसपासका घरमा पनि कुहिएका शवको गन्धले बसी नसक्नुको दुर्गन्ध पैmलिने गरेको छ ।

पूर्वाधार बिनाको शवगृहमा शवलाई केही दिन सुरक्षित गरेर नबिग्रने र गन्ध नआउने किसिमले राख्न नसक्दा दुर्गन्धबाहेकका अरु समस्या पनि देखिएका छन् । गर्मी बढेसँगै जिल्ला अस्पताल, कुश्मा, पर्वतको बाटो हुँदै हिँड्ने र अस्पतालको छेउमा रहेको शवगृहको आसपासमा रहेका स्थानीयलाई समेत बस्न नै असहज भएको छ ।

अस्पतालमा शवलाई व्यवस्थित गरेर राख्ने कुनै पनि पूर्वाधार नहुँदा खुला चौरमा राखेझैँ गरी घाम र पानी ओत्ने मात्र छाप्रोमा शव राखिने गरिएको छ । कतिपय शवको पहिचान नहुने वा ढिलो गरी हुने कारण शवगृहमा नै शव कुहिने र दुर्गन्ध आउने कारण अस्पतालको वायु नै दूषित बनेको छ ।

अस्पताल छेवैमा बस्दै आएका रामबहादुर नेपाली भन्नुहुन्छ “लासको गन्ध सिधै भान्छामा आउँछ, मुखमा गाँस हालेको बेला त आन्द्रा नै फर्किएलाजस्तो हुन्छ । झन् गर्मी लाए’सी त बसिसक्नु छैन । बाटो हिँड्दा नि गन्हाउँछ । बस्ती र लासघर एकै ठाउँमा छन्, पूरै कुहिएको गन्ध घरभित्रै पस्छ, बस्नै गाह्रो भएको छ ।”

कतिपय शव बेवारिसे अवस्थामा भेटिन्छन् र पहिचान र परीक्षणका लागि धेरै दिनसम्म शवगृहमा नै रहन्छन् । तर, अवस्था यस्तो छ कि पहिचान हुने अवस्थामा भेटिएका शव पनि शवगृहमा ल्याएपछि हाड र मासु छुट्टिने गरी सड्छन् अनि भेटिएको अवस्थामा भन्दा झनै पहिचानै गर्न नसक्ने बन्छन् ।

जिल्ला अस्पताल, पर्वतमा कार्यरत प्रहरी जवान पूर्णबहादुर भण्डारीका अनुसार अस्पतालमा ओपिडीमा उपचारका लागि जाने बिरामी पनि दुर्गन्धले आजित छन् । भण्डारी भन्नुहुन्छ “औषधि केही छैन, फ्रिजिङको सिस्टम पनि छैन । फिनेल छर्केर मात्र काम गरिन्छ । बेवारिसे शव भेटियो भने त झन् पाँच÷सात दिनसम्म राख्दा ल्याउँदा चिनिने शव पनि पूरै बिग्रेर डढेकोजस्तो हुन्छ । धेरै लासमा किरा पर्दा पनि मैले मास्क र पञ्जा लगाएर फिनेल छर्केको भरमा परीक्षणमा जाने गरेको छु ।”

जिल्ला अस्पतालमा शवलाई जोगाएर राख्ने चिस्यान प्रविधि निर्माणका लागि कसैको पनि ध्यान पुग्न सकेको छैन । यद्यपि आफूले भने अस्पतालमा डिफ्रिजिङको व्यवस्था गर्न बारम्बार पहल गरिरहेको र नगर प्रमुखसँग कुरा गरिरहेको बताउनुहुन्छ अस्पताल विकास समितिकी अध्यक्ष राधाकुमारी कुँवर क्षेत्री । शवगृहको व्यवस्थापनका लागि आफूले निरन्तर पहल गरिरहेको र नगरपालिकामा पनि यस विषयमा आफूले माग गरिरहेको उहाँको दाबी छ ।

कुश्मा नगरपालिकाले हालै मात्रै पारित गरेको नीति तथा कार्यक्रममा जिल्ला अस्पताललाई ५० श्ययाको बनाउने भनेको भए पनि शवगृह व्यवस्थापनका लागि कुनै सम्बोधन गरिएको छैन । तर, नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछानेले अस्पतालको विकासका लागि श्यया मात्र नभएर शवगृहसहित अन्य व्यवस्थापन पनि नगरपालिकाले गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अस्पताललाई ५० श्ययाको बनाउँदैमा अस्पतालको व्यवस्थापन हुँदैन । श्यया थपसँंगै अन्य सबै कुराको व्यवस्थापन गरिन्छ । नगरपालिकाको नीति तथा कार्यक्रममा शवगृह व्यवस्थापन भन्ने शीर्षक नै राख्नुपर्छ भन्ने होइन, त्यो काम हामी गर्छौं ।”

जिल्ला अस्पतालमा शवगृहको प्रविधिमात्र नभएर बेवारिसे शवको व्यवस्थापनका लागि पनि अन्यौल देखिने गरेको छ । अस्पताल प्रशासनले प्रहरीले शव व्यवस्थापन गर्छ भन्ने मनसाय राखेर शवसम्बन्धी काममा त्यति धेरै वास्ता गर्दैन भने प्रहरीको जिम्मेवारी शवलाई सुरक्षा दिनु हो ।

बेवारिसे शवको व्यवस्थापनको मुख्य जिम्मेवारी नगरपालिकाको भएका कारण नगरपालिकाले यस विषयमा विशेष चासो राख्नुपर्ने प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com