बाढीले सोमबार बिहान चार जना विद्यार्थीलाइ बगाएकोमा एक जनाको मृत्यु भएको र एक जना विद्यार्थी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
बाढीले बगाएर पर्सागढी नगरपालिका वडा नम्बर ४ का जादोलाल रामकी छोरी १५ वर्षिया प्रतिमा कुमारी रामको मृत्यु भएको हो ।
बाढीले बगाएका पर्सागढी ८ का १५ वर्षिय सुरेन्द्र महत्तोको अवस्था भने अज्ञात रहेको छ । यसैगरी बाढीले बगाएका त्यही गाँउकी १५ वर्षिया संगीता चौरसीया र १५ वर्षिय सुमन पासवानको भने स्थानीयले उद्धार गरेका छन् ।
उद्धार गरिएका मध्ये घाइते संगीताको गाँउकै स्वास्थ्य संस्थामा उपचार गरिएको पर्साका प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए ।
पर्सागढी नगरपालिका वडा नम्बर ४ बर्वाछटौलीमा रहेको नेपाल राष्ट्रिय आधारभुत उच्च माविमा सोमबार बिहान परिक्षा दिएर घर फर्कदै गरेका उनिहरुलाइ फन्ठी खोलाको बाढिले बगाएको थियो । बेपता भएका सुरेन्द्रको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्