काठमाडौं, १८ असार। काठमाडौंको धर्मस्थलीस्थित महादेव खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–६ का प्रकाश पुर्कुटी छन् ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले खोलामा आएको बाढीले बगाउँदा पुर्कोटीको मृत्यु भएको पुष्टि गरे ।
‘महादेव खालाले उनलाई धर्मस्थलीबाट बगाएको थियो ।
हामीलाई खबर भएलगत्तै खोजीमा टोली परिचालित भएको थियो’, पोखरेलले भने, ‘तर, उनको शव जलंगाको पुल नजिक बगाएर लगेको अवस्थामा भेटिएको छ ।’ हाल उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ हस्पिटल, महाराजगञ्ज पठाइएको परिसरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्